विष्णुपुर गाउंपालिकामा विकासको लहर
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान २० जेठ । सिरहाको विष्णुपुर गाउंपालिकामा विकासको लहर तिब्र गतिले अघि बढिरहेको छ । जनताले चाहेको माग बमोजिम विष्णुपुर गाउंपालिकाले सडकदेखि पक्की नाला निर्माणको कार्य अघि बढाएको छ । आज दोस्रो गाउंपरिषद्को लागि नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया प्रगति समिक्षा एवं विकास सम्बन्धी बहसमा सो कार्यवारे सार्वजनिक गरेको छ । विष्णुपुर गाउंपालिकाका अध्यक्ष जागेश्वर यादवले ‘यस गाउंपालिकालाई राष्ट्रियस्तरको विकास मापदण्डको आत्मसात् गरि कार्य अघि सारेको’ बताउंनुभयो । उहांले ‘बजार क्षेत्रलाई व्यवस्थित गर्न कटिबद्ध छु ।’ ‘ग्रामिणक्षेत्रलाई कृषि उपजको नमुना बनाउंने मेरो उद्देश्य रहेको छ ।’ ‘सोही अनुरुप जनताको चाहनालाई आत्मसात् गरेर कार्य अघि बढाएको छु ।’ उहां अध्यक्षले बताउंनुभयो । आ.ब.०७४।०७५ को प्रगति समिक्षा योजनाबाट पास भएको नीति, कार्यक्रम तथा योजना कार्यन्वयनको भौतिक प्रगतिवारे सो अन्तरक्रियामा आम जनतालाई जानकारी गराएका छन् । सोही अनुरुप गाउंपालिकामा यस बर्ष विकासको काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए । अधिकृत यादवले विष्णुपुर वडा नम्बर १, २ र ३ मा पक्की नाला निर्माणको कार्य अघि बढाइएको छ भने वडा नम्बर ४ र ५ मा कालोपत्रे गर्ने कार्य अघि बढाएको जानकारी दिए । जनताको माग अनुरुप ४ र ५ मा २ किलोमिटर कालोपत्रे गर्ने कार्य अघि बढाइएको छ । यसको लागि २ करोड बजेट विनियोजित गरिएको हो । यस्तै वडा ५ मा आरसिसी ढलानको कार्य अघि बढाएको सो कार्यक्रममा अधिकृत यादवले सार्वजनिक गरिएको छ । गाउंपालिकालाई स्वालम्बि बनाउंनको निम्ति निर्माणका एक्युपमेन्टहरु खरिद गरिएको छ । ५० लाखको टुक्रे योजनाहरुमा ७५ प्रतिशत काम भएको छ । असारसम्म बांकी सबै काम सम्पन्न गर्ने योजना रहेको छ । जिल्ला समन्वय समिति सिरहाका महेन्द्र यादवले पार्दशिताको लागि यस्तो कार्यक्रम जिल्लामा पहिलो नै रहेको भन्दै यसले विकास निर्माण सवल हुने बताएका थिए । नेकपाका रामकुमार यादवले कृषि र शिक्षामा थप जोड दिंदै कृषिमा नमुना गाउं बनाउंन सुझाव दिएका थिए । संचारकर्मी शिवदयाल यादवले संचारक्षेत्रलाई विकास गर्ने योजना ल्याउंन जोड दिएका थिए । सार्वजनिक जग्गा अतिक्रमण गरिएकोले यसलाई नाप नक्शा अनुरुप छुट्याई सडक फराकिलो गर्दै वृक्षारोपण गर्ने भएको छ । व्यक्तिगत प्रयोग तथा जिर्ण रहेको पोखरीहरुलाई जिणोद्धार गरी ठेक्का लगाउंने भएको छ ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्