मोटरसाइकल दुर्घटना हुँदा लहानवासी रमाकान्त चौधरीको मृत्यु
Advertise Here Book Now

लहान २०७५ असार ४ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा जिल्ला लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्