‘चुरेलाई नेशनल पार्क बनाऔं, मान्छे पसियो भने गोली हान्देऔं’
Advertise Here Book Now

              चार सय घर बलान खोलाबाट प्रभावित, हजारौ विघा कटान


नवसंग्राम दैनिक लहान । सिरहाको बलान खोलाबाट ३ सय ९५ घरधुरी प्रभावित रहेको छ । बलान खोलामा बाढी आयो भने जुनसुकै बेला यि घरहरु भत्किन सकिने जानकारीमा आएको छ ।
सिरहाको लहान १८ वडादेखि सखुवानन्कारकट्टीसम्म र सप्तरीको सुरुंगा नगरपालिकादेखि बलानविहुलसम्मको गाउं बलान खोलाबाट प्रभावित रहेको छ । लहान १८ भदैया, लहान १० गुदीगाउं, लहान ५, ६, १९ नोडेगा छर्रापट्टी, २३ गाढा तिलेवोना कडरिया, सखुवानन्कारकट्टी ४ को सिमरा इटहर्वाको घर प्रभावित रहेको छ । बलान छेउका घरहरु बाढीमा जुनसुकै बेला भत्किने अवस्थामा रहेको छ ।
सप्तरीको भुसी मौहोलिया, टिकुलिया परमानपुर, चकदहलगायतको गाउंको घरहरु बलान खोलाले अत्ति प्रभावित बनेको छ ।
यस्तै, नदि खोलाबाट सिरहाको तिलेवोना गाढामा ३० विघा, कडरिया गाढामा २५ विघा, सिमरा सखुवामा ४० विघा र सप्तरीको टिकुलियामा ८० विघा, परमानपुर ७० विघा, चकदहमा ५० विघा खेती योग्य जग्गा पूर्ण रुपमा कटान भएको छ ।
सोहीक्रममा लहान १८ भदैया, लहान १० गुदिगाउं, लहान ५, ६ र ४ गरी १ सय ८० घरधुरी प्रभावित रहेको बाल संरक्षण सामुदायिक अध्ययन केन्द्र जनकपुरले आज आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारद्धारा खोला नदि प्रणाली व्यवस्थापन कार्यक्रम अन्तरगत समाजिक परिचालकको समन्वय बैठकमा असार ८ गते यस्ता प्रभावित घरधुरीले हालसम्म कुनै राहत नपाएको खुलासा गरिएको छ । सो बैठकमा जिल्ला वन कार्यालय सिरहा लहानका प्रमुख सुनिल सिंहले ‘चुरेमा किन मान्छे राख्ने ?’ ‘चुरेलाई नेशनल पार्कको रुपमा विकास गरौ ।’‘ चुरेका बासिन्दा अन्त सारौ ।’ ‘चुरेमा जबसम्म मान्छे रहन्छ, तबसम्म चुरे संरक्षण हुन सक्दैन ।’ ‘त्यसपछि चुरेमा मान्छे पसियो भने गोली हान्देऔं ।’ ‘यस बर्ष आगलागी नभएकोले चुरेमा हरियाली बढेको छ ।’ सिंहले बताउंनुभयो ।
कार्यक्रममा जिल्ला पशु सेवा सिरहाका प्रमुख डा.काशीनाथ यादव, जिल्ला भू—संरक्षण सिरहा लहानका मेनुका क्षेत्री, भिखारी सिंह थारु, जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख प्रकाश साह, जिल्ला वन कार्यालयका राजकुमार ठाकुर, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्तालगायतले मन्तव्य राख्नु भएका थिए । कार्यक्रमको सहजीकरण जसकरण साहले गरेका थिए ।
बलान प्रभावित क्षेत्रमा जनचेतना बाल संरक्षण सामुदायिक अध्ययन केन्द्रले ६ गाउंमा स्कूल शिक्षा कार्यक्रम गरिएको छ । त्यस अन्तरगत बाल क्लव (इको बाल क्लब) गठन गरिएको छ । जनचेतनाको लागि त्यस क्षेत्रमा प्रचारप्रसार हेतु होर्डिगं जडान गरिएको छ । जेठ १५ देखि संचालन गरिएको सो कार्यक्रम अन्तरगत प्रभावित घरधुरीलाई समावेश गरी ८ वटा समूह गठन गरिएको छ । जसबाट नदी प्रणाली व्यवस्था गरिने भएको छ ।
Image may contain: 1 person, standing and indoor

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्