मिर्चैया : तलबको माँग गर्दै स्वास्थ्यकर्मीद्धारा नगरपालिकामा धर्ना
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २३ जेष्ठ । तलबको माँग गर्दै स्थानिय तहका स्वास्थ्यकर्मीहरुले मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माँग गरेपनि नगरपालिकाले पाँच महिनादेखि मासिक तलब उपलब्ध नगराएकोले बाध्य भएर आज (बुधबार) बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म धर्ना दिनु परेको स्बस्थ्यकमीहरुले बताए । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अबस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको उनीहरुको भनाई रहेको छ । तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडा समेत तिर्न नसकेको भन्दै स्बास्थ्यकर्मीहरुले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको बताए । स्वास्थ्यकर्मीहरुले १२ सदस्यीय संघर्ष समिति गठन गरेर तलब उपलब्ध गराउन माँग गर्दे नगरपालिकाका मेयर श्रबण कुमार यादबलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 
यता, मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले स्बास्थ्य मन्त्रालय तलबको लागि रकम नपठाएकोले बितरण गर्न नसकेको बताए । उनले भने “मन्त्रालयले पैसा पठाएको छैन, हामी पनि स्बास्थ्यकर्मीहरुको दुःख बुझिरहेका छौ्र, स्बास्थ्यकर्मीहरुलाई तलब खुबाउन मन्त्रालयसंग समन्बय समेत गरिरहेको छौं ।” बिकासको बजेटबाट ३० लाख रकम स्बास्थ्य क्षेत्रमा लगाएका भन्दै मेयर यादबले तत्काल दुई महिनाको भएपनि अर्को क्षेत्रको रकमबाट स्बास्थ्यकर्मीहरुलाई तलब बितरण गर्ने प्रयासमा रहेको बताए । मानबको जनजिबिकासंग प्रत्यक्ष स्बास्थ्य जोडिएकोले कार्यालय छाडेर आन्दोलन नगरी मन्त्रालयसंग सम्बन्बय गर्न आग्रह गर्दै मेयर यादबले त्यसका लागि नगरपालिकाले समेत सहयोग गर्ने आश्बासन दिए । 
मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्बास्थ्य केन्द्र र ७ बटा स्बास्थ्य चौकीमा गरी जम्मा ६५ जनाको हाराहारीमा कर्मचारी रहेका छन् । उनीहरुलाई माघ महिनादेखि अहिलेसम्मका करीब डेढ करोड तलब बितरण गर्न बाकी रहेको बताईएको छ ।  

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्