सिरहामा घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ जेष्ठ २४। सिरहाको बरियारपट्टि गाउँपालिकामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरि फरार भएका छन्। बरियारपट्टि ३ बलुवा टोलका ४० वर्षीय परमेश्वर यादवले घरायसी विवादका कारण बिहीबार दिउँसो आफ्नै श्रीमती करिब ३५ वर्षीय सविता यादवको घाँटी पछाडि घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन भेटवालका अनुसार प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाएको छ। प्रहरीका अनुसार घटनास्थलमा हत्यामा प्रयोग भएको घरेलु हतियार भेटिएको छ भने हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको छ। नेपाल भारतको सीमाबाट मुस्किलले ५०० मिटरको दूरीमा रहेको घटना स्थल बाट अभियुक्त यादव सीमा पार हुन सक्ने सम्भावना रहेकाले सीमामा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाई गरिएको छ। अपराधी सीमा कट्ने सम्भावना लाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सादा पोशाकमा प्रहरीलाई पैदल तथा मोटरसाइकलमा समेत परिचालन गरिएको बताए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्