जनकपुर लगायत तराईमा मुसलधारे बर्षा, जलमग्न भएपछि सास्ती
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,धनुषा /जेठ २८ आज दिउँसो जनकपुरधाम लगायतका तराईका जिल्लाहरुमा मुसलधारे बर्षा भएको छ । बर्षाका कारण जनकपुररधामका केहि ठाउँहरु जलमग्न भएको थियो भने यात्रीयात्रीहरुलाई निकै सास्ती भोग्नु परेको अबस्था छ ।जनकपुको थापा चौक,शिव चौक,जान्की चौकचौक,भानु चौकमा पानी समेत जमेको थियो । बाटो डुबानमा परेपछी मोटरसाइकल ,साईकल,ई रिक्सा,पैदल हिन्ने यात्रुहरुहरुलाई  निकै सास्ती भोग्नुका साथ साथै घर धनीको घरमा,होटलमा समेत पानी पुगेको थियो

। सोमबार अपरान्हदेखि मौसम बदली हुँदा जनकपुरको वतावरण शीतल बनेको छ ।

दुई सातायता बढेको गर्मी र जिउ नै पोल्ने घामका कारण यहाँको जनजीवन प्रभावित बनेको थियो । अहिले जनकपुरमा तीव्र हावाहुरीसँगै भारी बर्षा जारी छ । चट्याङ समेत पड्किरहेको छ । लगातार भइरहेको भारी वर्षाले जनकपुरको केही भाग डुबानमा परेको छ ।

वर्षा हुनुअघि पनि जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि थियो । पानी परेपछि सर्वसधारण हर्षित छन् । धेरैजसो वर्षाको पानीमा भिज्न घर बाहिर समेत निस्केका छन् ।आज धनुषा, सिरहा लगायत अन्य ठाउँहरुमा पनि पानी पर्नाले मान्छेहरु खुसी भएका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्