नेपाल एयरलाइन्स,यूएई का फाईनान्स म्यानेजर यादवलाई विदाई
Advertise Here Book Now


सन्तोष ठाकुर
युएई,१६ साउन ।

नेपाल एयरलाइन्स यूएईमा फाईनान्स म्यानेजर को रूपमा कार्यरत रहेका नरेश यादवलाई उनको कार्यकाल समाप्ति पूर्व शुक्रबार गैर अावासीय मधेसी संघ- यूएई ले एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई कार्यक्रम गरेको छ।
दुबई को अल-कुज स्थित ल्याण्डमार्क रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा गैर अावासीय मधेसी संघ-यूएई का सह-अध्यक्ष मदन यादवले अध्यक्षता गरेका थिए । कार्यक्रममा बोल्दै संघ का बरिष्ठ  सल्लाहकार डा. रबिन्द्र कुमार यादवले नेपाल एयरलाईन्स को दुबई कार्यालयमा फाईनान्स म्यानेजर जस्तो उच्च पदमा एक संघर्षशील मधेशी नियुक्ति भएर आउनु सम्पूर्ण मधेशीका लागि गर्वको कुरा भएको बताए ।
यादवले आफ्नो दायित्वलाई अत्यंत निष्ठापूर्बक निर्वाह गर्दै संपूर्ण नेपाली हरुको समस्यालाई प्राथमिकतामा राखी पीड़ित श्रमिकहरुको समस्या समाधानमा बिशेष योगदान दिएकोमा डा. यादवले वहाँलाई बिशेष धन्यवाद तथा आभार प्रकट गरे ।
साथै गैर आवासीय मधेसी संघका क. अध्यक्ष वसन्त कुशवाहाले  यादवको सफल कार्यकालका लागि बधाई दिदै भविष्यमा वहाँको उत्तरोत्तर प्रगतिको शुभकामना  दिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगम यूएईका फाईनान्स म्यानेजर यादवले मधेसी समुदायको  प्रोत्साहित गर्दै यहाँका मधेसी समुदायले बिदाई तथा सम्मान कार्यक्रम आयोजना गर्नु अत्यंत खुशीको कुरा भएको बताए । उक्त कार्यक्रममा गैर आवासीय मधेसी संघ यूएईका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्