एबुलेंसमा माफियाहरु नै सक्रिय रहेको छ : वक्ताहरु
Advertise Here Book Now

श्रावन १२ जनकपुरधाम । जनकपुर एम्बुलेंस चालक संघको आयोजनामा एम्बुलेंस मा देखा परेको विकृत, विसंगति र सोको रोकथाम संबंधी अन्तरक्रियामा वक्ताहरुले जनकपुरमा एबुलेंस चलाउन माफियाहरु नै सक्रिय रहेको वक्ताहरुले बताएका छन । मात्र पैसाको लागि सेवामुलक भावलाई बदनाम गर्दै व्यवसाय र अर्थमुखी भएर एम्बुलेंस चलाउने कार्य गैर कानूनी समेत भएको अन्तरक्रियामा वक्ताहरुले मन्तव्य व्यक्त गरेका छन ।चालकहरू समेत पीड़ा मा रहेको संचालकहरू संग त्यों आज बुझ्न पाए पत्रकार महासंघ धनुशाका अध्यक्ष अनिल मिश्र ले जिकिर गर्दै रेडक्रॉस जनकपुर गंभीर न रहेको र त्यों आज पनि यस कार्यक्रममा न आएर देखा परेको आक्रोश समेत ब्यक्त गरे ।
रेडक्रॉस जनकुरको बफै , यददुकोहा, लगायतको एम्बुलेंस कहाँ गयो? कहाँ संचालन मा छ ? प्रतिप्रश्न गरे ।यहांका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, उप महानगरपालिका लागयत ले यस विसायमा गंभीरता अपनाउने समय आएको जिकिर गरे । यस प्रकार को बहश हुनु सुखद रहेको र हामी पत्रकार महासंघ अझ जिम्मेवार भएर अगाडि बढ़ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा मंतव्य ब्यक्त गर्दै धनुषा ट्राफिक प्रमुख दीपक कुमार साहले एम्बुलेंस चालक हरुलाई आग्रहगर्दै मादक पदार्थ सेवन ड्राइव न गर्न आग्रह गर्दै उनले विसंगति थुप्रै छ अव ती सबै को बिरुध्मा हामी एकबद्ध भएर अगाडि बढ़ने बेला आएको जीकीर गरे । हामीले कार्यवाही गर्न चुकेको छैन र हामी प्रतिबद्ध भएर अगाडि बढ्ने विस्वाश व्यक्त गरे । हाम्रो माशिक कार्य योजनामा नै एम्बुलेंस चेक जांच राखेको समेत जानकारी गराये ।
Image may contain: 1 person, sitting and indoor
कार्यक्रममा महाशंकर ठाकुरले एम्बुलेंस सेवा मूलक साधन रहेको जिकिर गर्दै चालकहरू आफ्नो जीवन मरणको समेत खयाल न ग़री सेवा मा रहेको तर पारीश्रिमिक नियमानुसार न पाएको बताये । यहाँका स्थानीय प्रशाशनको लापरवाही को कारण एम्बुलेंसमा विकृति देखा परेको मेरो बुझाई रहेको ठाकुरले आक्रोश पोखे । प्रहरी समेतको संलग्नतामा यहां एम्बुलेंसमा चलखेल भई रहेको समेत आरोप लगाए । जनकपुर अंचल अस्पताल भित्र अंचल अस्पताल को मिलिमतो मा प्रहरी कमीशन लिएर एम्बुलेंस लाई खबर गर्ने गरेको समेत कुरा प्रस्ट पारे । चालक संघका वर्तमान अध्यक्ष अरमान सहलाई रेडक्रॉस ले अन्याय गरेको उल्लेख गर्दै रेडक्रोस जनकपुर को अम्बुलेंस कहाँ कहाँ छ , कस्तो अवस्था छ ? कसले जवाब दिने ? रेडक्रोस जनकपुरको चरम लापरवाहीको कारण गाउ गाउ मा रहेको एम्बुलेंस रेडक्रस को कहां छ ? खोज गर्नु पर्ने समय आएको ठाकुरले सरोकार्रवालको ध्याकर्षण गराये ।
Image may contain: 8 people, people sitting and indoor
संघका अध्यक्ष अरमान साहको अध्यक्षतामा भएको अन्तरक्रियामा राजेश यादवले एम्बुलेंसहरुको हक मा नियमानुसार अगाडि बढ़ने हो भन्ने समश्याहरु समाधान हुने विस्वास व्यक्त गरे । जनकपुरमा रहेको एम्बुलेंसको चालक र संचालक दुबै संग समय समयमा बहस र छल फल हुनु पर्ने जिकिर वक्ताहरुले गरे । विरामिलाई लग्ने एम्बुलेंस को आफ्नै मापदण्ड हुन्छ । गाड़ीमा हुनुपर्ने सामग्रीहरू समेत न राखी एम्बुलेंस चलाउने ले गर्दा रोगीको जान समेतको जाने भएको ले गर्दा नियमनुसार अगाडि बढ़ने समय को मांग रहेको पनि वक्ताहरुहरुले औल्याए । जून स्थानको लागि एम्बुलेंस दिएको हो त्यों स्थान वा जिल्ला मा एम्बुलेंस संचालन न गरी अन्यत्र स्थानमा चलने गरेको रहष्य समेत कार्यक्रममा खुलेको थियो । अंतर्क्रिया कार्यक्रममा हिमालयन युवाक्लवको प्रतिनिधि ले पैसा कमाउने धेरै बाटो रहेको ले गर्दा सेवा भावको लागि न्यूनतम रकम सहित सेवाको लागि परिचालन हुने एम्बुलेंस लाई भाड़ा को गाडिको रुपमा चलाउन थालेको प्रति दुख ब्यक्त गरे ।
एम्बुलेंस को चेक जांच घनीभूत रुपमा हुनु पर्ने पनि जिकिर गरे ।

Image may contain: 5 people, people sitting and indoor
कोशी को एम्बुलेंस, मेचिको एम्बुलेंस समेत जनकपुरमा चलेको र समस्याहरूको सामना गर्नु पर्ने अवस्था छ ।संचारकर्मी अजय अनुरागी ले एम्बुलेंसको समश्या आजको होइन, समय समयमा समेत लेखेको तर सरोकरवाल को गंभीर लापरवाही का कारण यो दिन देखनु परेको समेत जिकिर गरे । बिना भंसार, भंसार फ्री , आफ्नो परिवारलाई अम्बुलेंसमा घुमाउने देखिन गएको छ ।अनुरागी का अनुसार अम्बुलेंसमा कमीशन खोरी समेत रहेको छ । बिना ऑक्सीजन को गाड़ी, गाउँमा एम्बुलेंस अनुपस्थिति, अस्पताल संचालनमा छैन तर एम्बुलेंस सोही असप्तालमको नाम मा चलेको समेत पाइयो त्यसलाई कसले कंट्रोल गर्ने ? प्रतिप्रश्न गरे । नियमानुसार मापदंड विपरीत संचालन रहेको एम्बुलेंस लाई कार्यवाही को दायरा मा न ल्याउने हो भन्ने समश्या बढ्दै जाने जिकिर पनि अनुरागी ले गरे ।
ट्राफिक, ज.उ.वा.संघ, युवा क्लब सहित सरोकार्रवालाहरु समेतको आउटा स्टेरिंग कमिटी भन्नु पर्ने र अनुगमन हुनुपर्ने मांग समेत गरे । जनकपुरमा संचालन मा रहेको एम्बुलेंस समेतको गुणस्तरियता माथि प्रश्न चिन्ह लगाउदै जेसीज जनकुरका अध्यक्ष जितेंद्र महासेठले ऑक्सीजन , ग्लोव्स, गाडिको अवस्था समेत सही न रहेको औल्याये । चालकहरुको लाई धन्यावद दिदै अझ जिम्मेवारभएर रोगी र गदीनप्रति सजग रहनु पर्ने समेत जिकिर गरे । समश्या समधानको लागि ज.उ.वा.संघ जनकपुर र जितेन्द्र ब्यक्तिगत रुपमा हरपल तैयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।
जनकपुरको राजदरबार होटेलमा भएको कार्यक्रममा सैकड़ों को संख्यामा चालक र न्यून संख्यामा संचालकहरू उपस्थित भएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्