लहानमा मधेश र मधेशीको पहिचान झल्किने स्तम्भ निर्माण गर्न माग
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १७ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सिरहा क्षेत्र १ र लहान नगर समितिको संयुक्त बैठकले मधेश र मधेशीको पहिचान झल्किने स्तम्भ स्थापना गर्न माग गरेको छ । आजको संयुक्त बैठकले मधेश र मधेशीको पहिचान झल्किने धोती, कुर्ता, गमछा, लुंगीसहितको स्तम्भ निर्माण गर्न स्थानीयतह र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनको उद्गमस्थल लहानको विद्रोहले आज देश संघीयतामा पुगेको भएपनि मधेश र मधेशीको संस्कृति संस्कार र अधिकारको प्रत्याभूती नभएकोले लहानमा सहिद पार्क निर्माण गर्न सम्बन्धित निकायसंग माग गरेको लहान नगरसमितिका अध्यक्ष महमुद आलमले बताए । बैठकले स्थानीयतहले बढाएको कर फिर्ता गर्न, राउ स्मारक अस्पतालको जग्गा विवाद, लहान उद्योग वाणिज्य संघ निर्वाचन, पशुपति आदर्श उच्च माविको व्यवस्थापन समितिको विवाद, लोकमार्ग फराकिलो, सरसफाई तथा विशुद्ध खानेपानी, जेएसमु वहुमुखी क्याम्पसको हरहिसाव सार्वजनिक, कृषकलाई मलखाद्यको समस्या, टाउन प्लानिंगको जग्गा फुकुवा, वडा कार्यालयहरुले चलाएको बजेटको हिसाब सार्वजनिक, नागरिकता समस्या, मदिरा निषेधित,सार्वजनिक शौचालयलगायतको विषयमा निर्णय गरेको केन्द्रीय सदस्य भरत साहले बताए । सो बैठकले सिरहा क्षेत्र नम्बर ‘क’ को संयोजकमा मनोज बनैता , सहसंयोजकमा गोपाल गुप्ता, सदस्यहरु परिक्षण महतो, रंजिता मण्डल र संतोष साहलगायत पांच सदस्य समिति गठन गरिएको छ । त्यसैगरी, क्षेत्र नम्बर १ ‘ख’ को संयोजकमा पिताम्बर साह (पप्पु डाक्टर), सहसंयोजक विग्घनेश्वर यादव, सदस्यहरु पशुपति चौधरी, रामचन्द्र राम,मुकेश कर्णलगायत पांच सदस्य समिति गठन गरिएको केन्द्रीय सदस्य जयनारायण यादवले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्