मैले छोएको पानी चल्दैन, गोसाई पुजाको कारण अन्तर दलित छुवाछुत
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ६ साउन । ‘मेरो विवाह भएर बस्न थाल्दा समाजिक विभेदको अभाष पाइन्’ किनकी ‘मेरा पति सधै सदाय वस्तीकै नेतृत्व गरिरहेकोले खानपिन उठबस उनीहरु संगै हुने गरेको छ ।’ ‘आज म यो कुर्सीमा छु त्यो सबै दलितहरुको सहयोगबाट प्राप्त गरेको छु ।’ सखुवानन्कारकट्टीका न्यायिक समितिका प्रमुख तथा उपप्रमुख अमलादेवी यादवले बताइन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा लहान सिरहाको आयोजनामा प्रभावकारी सहभागिता, आधारभूत सेवा र न्यायमा समन्यायिक पहुंच विषयक अन्तर समुदाय संवाद कार्यक्रममा आज उपप्रमुख यादवले विभेद अन्त्य हुनुपर्छ भन्दै ‘हाम्रो समितिमा अधिकतम बहुविवाहको मुद्दा आउंने गरेको छ ।’ ‘हालसम्म एकआध मुद्दा आएपनि अधिकतम प्रहरीमा जाने गरेको छ ।’ उनले बताइन् ।
दलित अधिकारकर्मी देवनारायण रामले गोसाई पुजाको कारण दलितभित्रै छुवाछुत रहेको भन्दै एउटै देउता चमारको, एउटै देउता सदाय पासमान डोमको तर,बह्मानवादी सोचको कारण डोम मुसहरलाई दलितहरु नै छुवाछुत गरिरहेको छ उनले बताए ।
अधिकारकर्मी रामले अन्तर जातीय र गैरदलितमा समेत छुवाछुत जकडिएको छ । यसलाई भत्काउंन पहिले दलित एकताको आवश्यकता छ । गैरदलितले छुवाछुत गर्छ भने दलितले पनि बहिष्कार गर्नुपर्छ भन्दै शासन प्रशासन, शिक्षा, स्वास्थ्य, कर, होटल, भोजभतेरलगायत विभेद स्वफुर्त अन्त्य हुने उनले दावी गरे ।
हुकुमलाल पासमानले अन्तर दलितबीचको विभेद हटाउंन डोमकै घरमा भोजको आयोजना हुनुपर्छ । त्यही सबै दलितले भोज खाएर एकताबद्धको सन्देश दिनुपर्छ अनि मात्रै विभेद अन्त्य हुने उनले बताए ।
दिलिप मरिक डोमले ‘हामीले छोएको पानी दलितहरुले नै खादैन ।’ तर, हामीले बनाएको डाला, कोनिया, टाटवार आफ्ना गोसाई (देउता)लाई चढाउंछन् । यसैले हामी चार घर डोमले अरुको भोज नै खान छाडिसके उनले बताए ।
वविता पासमानले जनवैनमा जांदा पनि खत्वे मण्डलले हाम्रो छोएको पानी पिउदैन । अन्तै खानको लागि पैसा लिने गरेको छ । भोतभतेरको बेला दाल चामल तरकारी जलावन लिएर गैरदलितको घरमा दिनुपर्ने विभेद आज पनि रहेको उनले बताइन् ।
सखुवानन्कारकट्टी ५ स्थित भएको संवाद कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेशवारीका इन्चार्ज रामकुमार चौधरी, स्वास्थ्यकर्मीद्धय रामकुमार चौधरी र अमृत चौधरी, वडा ५ का अध्यक्ष वैद्यनाथ यादव, मानव अधिकार संजालका गाउं समितिका संयोजक सत्यनारायण ठाकुरलगायतले विभेद अन्त्य र न्यायमा पहुंचको बारे विस्तृत छलफल गरेका छन् । कार्यक्रमका सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले गरेका थिए भने दलित संघका सिरहा अध्यक्ष मोहन पासमानले कार्यक्रम समापन गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्