नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष देखि सदस्य माथि अदालतमा मुद्दा दर्ता
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।श्रावण २७।नेपालमा स्थानीय सरकार अाएपछि रौतहटको ईतिहासमा पहिलो पटक नेपाल पत्रकार माहासंघ रौतहट शाखाका उपाध्यक्ष, सचिव र सदस्य माथी लिखित गालि बेईज्जीतको मुद्धा रौतहट जिल्ला अदालतमा दर्ता भएको छ । गौरबाट प्रकाशित क्राईम एक्सप्रेस दैनिकका प्रधान सम्पादक, सम्पादक तथा नेपाल पत्रकार महासंघको उपाध्यक्षद्वय आर्दश कुमार उपाध्याय, रजनि ठाकुर, प्रकाशक एवम महासंघका सचिव राजेन्द्र कुमार क्षेत्री र कार्यकारी  सम्पादक तथा महासंघका सदस्य रश्मी पटेल माथी गौर नगरपालिकाको उपमेयर किरण ठाकुरले लिखत गाली बेईज्जीतिको मुद्धा रौतहट जिल्ला अदालतमा दर्ता गराएकी छिन ।
क्राईम एक्सप्रेस दैनिक पत्रिकाले मिति २०७५ साउन २३ गते प्रकाशित गरेको गौर नगरपालिकाकी उप मेयर ठाकुर की नगरमा लिला र मिति २०७५ साउन २४ गते सोही पत्रिकामा सम्पादकिय उपमेयर ठाकुर की नाली बेली शिर्षकको समाचारले मलाई लिखित गाली बेईज्जती गरेको सोको कारणको मानप्रतिष्ठामा ठुलो अघात पु¥याएको भन्दै उपमेयर ठाकुरले आज आईतवार रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएकी छिन ।
म गौर नगरपालिको उप प्रमुख सहित न्यायीक समितिको सम्योजक भई निष्टापुर्वक कार्य गर्दै आएकोले जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिका अन्तर्गत महिला हिन्सा बढदै गएको र त्यस्को न्युनिकरण को लागि भारतिय समानमा रहेको दारु भटटीहरु बन्द गराउने अभियान संचालन गरि महिलाको कल्याणकारी काम गरि रहे पनि विना कुनै प्रमाण तथ्य हिन समाचार क्राईम एक्सप्रेस दैनिक पत्रिकाले लेखदा समेत म संग त्यस सम्बन्धमा कुनै प्रतिक्रिय समेत नलिदै झुठै, मनगढन्त कुराहरु प्रकाशित गर्दा मलाई ठुलै अघात भएको हुदाँ न्याय पाउँन र दोसीलाई सजाय गराउन क्राईम एक्सप्रेस दैनिक पत्रिका माथि रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएको उप मेयर किरण ठाकुरले बताईन ।
साथै राज्यको चौँथो अंगको रुपमा मर्यादित पत्रकारिता पेश एवं संचार माध्यमको आवञ्छित रुपमा दुरुपयोग गर्दै जनमानसमा भ्रम फैलाउने कार्य गरेको र मेरो चरित्रमा, मानप्रतिष्ठको हन्न गरेको भन्दै उप मेयर किरण कुमारी ठाकुरले, क्राईम एक्सप्रेस दैनिक पत्रिका माथि रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएको बताईन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्