मदिरा सेवन गरि महिला हिंसा गर्ने बिरुद्ध उपमेयर ठाकुरको अभियान शुरु
Advertise Here Book Now

अमित ठाकुर ,रौतहट श्रावण १८ गते ।राैतहट सदरमुकाम गाैर नगरपालिकामा मदिरामुक्त अभियान उपमेयर किरण ठाकुर सहितको महिलाहरु जागेकी छिन l महिला हिंशा बिरुद्धको सशक्त अभियान मंच रौतहटको नेतृत्वमा शुक्रबार देखि सो अभियान थालिएको हो l गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको नेतृत्वमा रहेको सो मंचले शुक्रबार गौर नगरपालिकाको वार्ड नम्बर २ महादेवपट्टिमा रहेका दारु भठीहरुमा तोडफोड गरेको छ l मदिरा सेवनले नगर क्षेत्रमा महिला हिंशा बढेको भन्दै नगरपालिका लाइ मदिरा मुक्त क्षेत्रको रूपमा बिकशित गर्दै जाने र सोहि क्रममा अभियान थलिएको उपमेयर ठाकुरले बताउनु भएको छ lमंचले थालेको अभियानको पहिलो दिन महिलाहरुको समुहले खुल्ला दारु बेचिरहेका करिब आधा दर्जन भठीहरुमा तोडफोड गरेको हो l शुक्रबार साँझ गएको महिलाहरुको समुहले भठीमा तोडफोड गर्नुको साथै अब उप्रान्त मदिरा बिक्रि नगर्न चेतावनी समेत दिएको अभियानमा सहभागी महिला नेत्री गीता महतोले बताउनु भएको छ l यता उपमेयर किरण ठाकुरले आफुहरुको अभियान मदिरा नियन्त्रण मात्रै नभई गौर नगरपालिकालाई महिला हिंशा मुक्त क्षेत्र बनाउने रहेको भन्दै हाल गठित महिला हिंशा बिरुद्धको सशक्त अभियान मंचलाइ बिस्तार गर्दै जाने बताउनु भएको छ l महिला हिंशाका घटनाहरु हुने धेरै कारणहरु मध्ये मदिराको खुल्लेयाम बिक्रि र सेवन रहेको हुदा पहिले मदिरा नियन्त्रणमै केन्द्रित भएको वहाकोक भनाइ रहेको छ l
सिमा वर्ति भारत्कोक बिहार राज्यमा शराब बन्दि हुदा रौतहटका सिमा क्षेत्रहरुमा रक्षि पसलहरुको संख्या बढेको छ l स्मरणीय छ , गत मार्च ८ तारिखका दिन गौरमा आयोजित महिला दिवस मूल समारोहको मन्चबाट उपमेयर ठाकुरले गौर नगरपालिकालाई मदिरमुकता क्षेत्र बनाउने बताउनु भएकी थिइन् l सोहि प्रतिबद्धता अनुसार उपमेयर ठाकुरले अभियान थालेको महिला नेत्री शान्ति झाले जानकारी दिनु भयो l महिला हिंशा बिरुद्धको सशक्त अभियान मंचमा गौर नगरपालिकाको साथै ग्रामिण बिकाश केन्द्र आर डी सी र नारि चेतना महिला कृषक सहकारी संस्था लगायतका संघ संस्थाहरु आबद्ध रहेका छन् l

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्