बिश्व सरसफाई दिवसमा राज्यमन्त्री मन्डलले लगाए झाडु
Advertise Here Book Now


नरेशचन्द्र बरबरिया , सिरहा भदौ ३० गते  । प्रदेश नं. २ का उद्योग, पर्यटन वन तथा बातावरण राज्यमन्त्री सुरेश मण्डलले सडकमा झाडु लगाएका छन् । विश्व सरसफाई दिवसको अवसरमा मधेश नेपाल युवा ट्रष्ट सिरहाले आयोजना गरेको सप्रदेश रसफाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका राज्यमन्त्री मण्डल सडक बढारेका हुन् ।उक्त कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानीय,बुद्धिजिबी,समाजसेवी,विद्यार्थी लगायतको सहभागी रहेको थियो ।नेपाल मधेस युवा ट्रस्टका अध्यक्ष रमेश मन्डलले साप्ताहिक रुपमा सरसफाइ अभियानलाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गरे ।


सिरहा नगरपालिका वडा नम्बर १६ खिरौना चोकदेखी माडर बस स्टेसनसम्मको मुख्य सडक सरसफाई गरिएको छ । राज्यमन्त्रीले मण्डलले झाडु लगाउँदै सरसफाई अभियानमा सबैलाई जुट्न समेत आग्रह गरे ।



शनिवार १५ सेप्टेम्बर बिश्व सरसफाई दिवसको अवसरमा “सफा रहु, स्वच्छ बनौं” भन्ने मुल नाराका साथ सयौंको संख्यामा युवाहरुको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्