कल्याणपुर नगरपालिकाको बजेट ५३ करोड ९२ लाख
Advertise Here Book Now


  नरेशचन्द्र बरबरिया 
 असोज १९ गते । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति, योजना कार्यक्रम  सहितको बजेट सार्वजनिक गरेको छ ।
कल्याणपुर नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेटमा चालू आर्थिक वर्ष ५३ करोड ९२ लाख ६५ हजारको आयव्यय अनुमान गरेको छ । असोज १५ गते सम्पन्न नगरसभाले पारित गरेको बजेटमा प्रत्येक वडालाई समान रुपमा ‘विकास र कार्यक्रम’को लागि ८२÷८२ लाख रकम विनियोजन गरेको छ ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी, विकास र सुशासन अभिवृद्धि सफा सुन्दर कल्याणपुरको दिगो समृद्धि’ नारा तय गर्दै नगरपालिकाले ‘एक वडा एक ठोस योजनाको लागि २५ लाख’ रकम विनियोजन गरेको मेयर सूर्यनाथ मण्डलले बताए ।
उपमेयर रोहिनी यादवले स्वागत मन्त्वय राखेको सार्वजनिकीकरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्री नारायण यादवले नीति, योजना, कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका थिए ।
सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्षहरु दिपेन्द्र यादव, जयराम कामती, विशेश्वर मुखिया, अशोक कुमार मण्डल, दिलिप कुमार यादव,मोतिबुल राईन, राजेन्द्र साह र राजेश्वर यादव लगायतको उपस्थिती रहेको थियो
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले नगरभित्रका युवाहरु पशुपालन र व्यवसायिक रुपमा कृषि खेतीमा आवद्ध भएमा सहयोग गर्ने बताएका छन् ।
नगरपालिकामा खेतीको उर्वर भूमि रहेकोले खेतीसँगै पशुपालनमा लाग्ने युवालाई मासिक प्रोत्साहन भक्ता स्वरुप १० हजारको सुविधा प्रदान गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा युवाहरु आकर्षित भैरहेको अवस्थामा यस योजनाले युवाहरुलाई व्यवसायिक खेती र पशुपालनमा जोड्न वातावरण बन्ने मेयर मण्डलले विश्वास व्यक्त गरेको छ । उनले भने, ‘युवाहरुको वैदेशिक रोजगारीको मोह घटाउन आफ्नै गाउँठाउँमा व्यवसायिक खेतीपाती र पशुपालनमा जोड दिन यो योजना ल्याएको छु । यसमा लाग्ने युवालाई निरन्तरताको लागि प्रोत्साहन भक्ता मासिक दश हजारको प्रदान गछौं ।
शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालय’को रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मेयर मण्डलले बताए । मेयर मण्डलले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्