सिरहामा एक सत्तामा चार बलात्कारको घटना
Advertise Here Book Now


नवसंग्राम दैनिक । रेडियो सौगात लहान १२ कात्तिक । सिरहामा कात्तिकको पहिलो सत्तामा चार बलात्कारको घटना सार्वजनिक भएको छ । दुर्गा मेलाको दिन अधिकतम बलात्कारको घटना भएको छ भने एक १३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ११ गते उजुरी दर्ता गरिएको छ । गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । पीडित बालिकालाई आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको र पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर रामबहादुर ढकालले बताए । दुर्गा मेलाको नाच हेर्ने क्रममा सिरहाको वरियारपट्टी कात्तिक ५ गते एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ । बलात्कारकोे आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ । सामूहिक बलात्कार आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक ६ गते उजुरी दिएको छ । यसैगरी, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी प्रहरीमा उजुरी परेको छ । उता, सिरहामा दुर्गा मेलाको नाच हेर्ने क्रममा एक युवतीलाई स्थानीय केही युवाले बलात्कारको प्रयास गरेको छ । सो घटनाको प्रहरीमा उजुरी परेको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्