करोडको लागतमा भगवतपुरमा डिप बोरिङ निर्माण गरिने : सांसद यादव
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, १४ कार्तिक । किसानहरुलाई खेतिपाती गर्नका लागि भईरहेको पानीको समस्यालाई  मध्यनजर गर्दै मिर्चैैया नगरपालिकामा डिप बोरिङ निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका बडा नं. ८ स्थित बडा दशै, शुभदिपावली तथा छठको अबसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले खेतिपाति गर्नका लागि किसानहरुलाई अकाशे पानीको भरपर्नु पर्ने अवस्था रहेकाले डिप बोरिङ निर्माण गरिदिने उदघोष गरेका छन् । 

राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले राजमार्ग भन्दा उतरतर्फ पानीको बिकराल समस्या रहेकाले यसलाई समाधान गर्नका लागि थप योजनाहरु ल्याउले आश्वासन दिएका छन् । संसदिय बिकास कोषको करीब एक करोडको लागतमा निर्माण हुने डिप बोरिङको शिलान्यास छठ लगतै हुने समेत उनले बताएका छन् । बोरिङ निर्माण भएपछि करीब एक सय बिघा जमिनमा सिचाई पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।  २०४८ सालपछिको बिकास आफ्नो कार्याकालमा गरेर जनतालाई संघियताको अभाष दिलाउने उनले दाबी गरेका छन् ।     

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्