संघिय सरकारको लागि काम गर्ने सिडियो को तिन अधिकार ः मूख्यमन्त्री राउत
Advertise Here Book Now

                  
  शिव दयाल यादव
बिष्णुपुर,असोज २३ गते । प्रदेश २ का मूख्यमन्त्री मो.लालबाबु राउतले संघिय सरकारको लागि काम गर्ने सिडियो को तिन अधिकार मात्र भएको वताए । पहिलो नागरिकता वितरण गर्ने दोस्रो राहदानी वितरण गर्ने र तेस्रो सिमाको निरिक्षण गर्ने मात्र अधिकार क्षेत्र भएको बताए ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं.५ चिकनामा आयोजित पार्टि प्रवेश तथा दशै,दिपावली र छठको शुभकामाना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री राउतले ,प्रमुख जिल्ला अधिकारीको रुपमा रहेको सिडियाकोे अधिकार शान्ति सुरक्षाको जिम्मा नरहेको अर्थात अव संघिय सरकारको नरहेको वताए । यो जिम्मा अब प्रदेश सरकारको भएको बताए । यो  जिम्मा प्रदेश सरकारको भएकोले अव संघिय सरकारले बेलैमा प्रहरी हस्तान्तरण गर्नुपर्ने बताए, नभए हामी बाध्य भएर प्रहरी भर्ना गर्नुपर्ने अवस्था नआउँस ।
सिडियो कार्यालय भित्र रहेको फर्निचर लगायतका सम्पूर्ण अधिकार अव सुम्पिने बेला भएको छ,अन्यथा अव प्रदेश सरकारले ल्याउने प्रशासनिक ऐनले सदन भित्र रहेको छ । यो ऐन पारित भएलग्तै अब हरेक जिल्लामा नयाँ सिडियो भर्ना गर्ने लगायतको कदम चाल्ने बताए ।
संविधान र आन्दोलनको तहत यो देशमा संघियता कार्यान्वयनको पक्षमा रहेको छ । यो सरकार तपाईको सरकार हो,जनताको इच्छा र चाहना अनुसार अब सदनमा प्रहरी ऐन पारित हुने ,यो सरकारको चाहना छ, की प्रत्येक युवालाई सरकारी जागिर मिलोस भन्ने चाहना रहेको छ ।
प्रदेश सरकारको आफनो प्रशासनिक ऐन भने चाहेका हो र त्यही तहतमा सवै हुने वताए । यो सरकारको आफनै पुलिस देखी आईजिपी सम्म होस भन्ने ध्येय रहेको छ ।
मुख्यमन्त्री राउतले भने हामीले चाहेका हौ मधेश समृद्ध तर संघिय सरकारले कर्मचारी नपठाई असहयोग गरेको बताए । जसकारणले गर्दा कुनै पनि प्रकारको विकासको गति र नाँया योजनाहरु आउन नसकेको वताए । हामीले चाहेको पाँच हजार कर्मचारी तर हामीलाई दूईसय कर्मचारी मात्र पठाएको बताए ।
हामीलाई कुल बजेटको दूई प्रतिशत मात्र दिएको छ,जुन बजेटलाई हामीले निती तथा कार्यक्रम ल्याई कार्यान्वयन गरी पारर्दशिता गर्ने बताए । तर संघिय सरकारले त्यस्तो नचाहेको विकास देखी डराएको बताए ।
संघियता विरोधी केही नेताको षडयन्त्रले प्रदेश सरकारलाई झुकाई काम वाधा गराई असफल योजनाहरु बनाएका छन तर पनि यो प्रदेश सरकारलाई केही गम छैन । यो सरकारले सदनभित्र अव करार ऐन ल्याईरहेका छन् ।
यो ऐन पास हुने वितिकै संघिय सरकार सँग माग्ने अन्यथा करार कर्मचारीको भर्ना प्रक्रिया अगाडि बढाउने बताए । यो सरकारले संविधानको अनुरुप रही काम गर्दै जाने बताए ।
सोही अवसरमा बाम गठबन्धन र राजपा नेपाल पार्टि परित्याग गरी  सयकडौं जनाले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई मूख्यमन्त्री राउतले फुलमाला र अविर लगाई प्रवेश गराएका छन । कार्यक्रमलाई सम्वोधन प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय कुमार यादव,केन्द्रिय सदस्य अशेश्वर यादव,बिष्णुपुर गाँउपालिका अध्यक्ष जागेश्वर यादव लगायतकाले सम्बोधन गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्