नेपाली कांग्रेस र नेकपा मधेसीको लागि भाडाको घर हो : राज्यमन्त्री मण्डल
Advertise Here Book Now

सप्तरी प्रदेश  न २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमंत्री सुरेश कुमार मण्डलले नेपाली कांग्रेस र नेकपा मधेसीको निम्ति भाडाको घर बताउनु भएको छ . सप्तरी स्थित डाक्नेस्वारी नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्नु हुदै उहाले राजपा आफ्नो घर भएको बताउनु भयो . राजपा मधेसी जनताको आफ्नो घर हो यसमा आफ्नो श्रम पसिना लगाउनुस भानु भयो . भाडाको घर बाट कुनै पनि बेला निकलिन सकिने डर त्रासमा नबस्नुस . आफ्नो घर आफ्नै हुन्छ . नेपाली कांग्रेस महेन्द्र नारायण निधीको हुन सकेन महन्थ ठाकुर को हुनसकेन अनि के भा डे भुड़े गुलाम हरुको हुन्थ्यो . त्यसकारण समय मै सचेत होऔ आफ्नो घर बनाउन तिर लागौ . उक्त कार्यक्रममा एक हजार बढी जना कांग्रेस कम्युनिष्ट र फोरम परित्याग गरि राजपामा प्रवेश गरेका थिए . नव प्रवेशी राजपेयी लाई राजपा अध्यक्ष राजकिशोर यादवले अबिर माला लगाई स्वागत गरेका थिए .

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्