सिरहामा म्याजिकको ठ्क्करबाट एक महिलाको मृत्यु
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया
सिराहा ,कार्तिक १ गते । सिराहाको माडरमा म्याजिकको ठ्क्करबाट एक महिलाको मृत्यु भएको छ ।शनिबार  माडर -जयनगर सडक खण्ड अनतर्गत सिराहा नगरपालिका वडा न.१७ खैरटोका बर्ष ६० कि जमुदा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैरटोकामा घर भएकी खातुन बाख्रा चराउन जाने क्रममा  बाटोमा हिडिरहेका अबस्थामा BR O7 Pa ९२८० नम्बरको म्याजिकले ठ्क्कर दिदा  जमुदा खातुनको  जिल्ला अस्पताल जाने क्रममा बाटोमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त म्याजिक भ्यान र चालक मिथिलेश कुमार चौधरी  जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा रहेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्