मिशन मधेशको एक सम्वादले नायिकाको नाममा थपियो मिशन कसिस
Advertise Here Book Now

लहान, १० मंसिर । मधेशमा यत्तिबेला एक चलचित्रको सुटिंग भइरहेको छ । जुन मधेश आन्दोलनलाई समेटिएर तयारी भइरहेको मिशन मधेश फिल्म हो । जसको नायिका हुन् कसिस । लहान ५ बलुवा टोल स्थित सुटिंग भइरहँदा नायिका कसिसप्रति स्थानीय महिला तथा बालबालिकाले उनीसँग फोटो खिचाउँन भिड नै लाग्छन् । भिडको क्रममा उनको नाममा थपिदियो, मिशन कसिस । स्थानीयको भिडले नायक दिनेश्वर गुप्ताले ‘ऐ भूमिमे बहुत पीडा छै ,अहाके हमरा सने जीवन वितौनाई मुस्किल छै ’ कसिस (जुली) ले ‘हमर जीवन किआ सुखद रहअत, अहाँ जनता के लेल मिशन जारी राखु ।’ यही सम्वादले सुटिंग हेरिरहेका दर्शकहरुले उनको नाममा मिशन कसिस राखिदियो । यत्तिबेला मिशन कसिस सुटिंग सेटमा जाँदा स्थानीय बालबालिका चकलेट दिएर माया गर्छीन् । मिशन कसिसले भनिन् ‘मिशन मधेश’ फिल्म सफलता पायो भने तपाईको टोलमा आउँछु । बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र महिला अधिकारको सवालमा कार्यक्रम ल्याउँछु उनी प्रतिबद्धता गरिन् । मिशन मधेश फिल्म यत्तिबेला चर्चाको शिखरमा पुगेका छन् । द्रुत गतिमा सुटिंग भइरहेको फिल्मका प्रबन्ध निर्देशक महमुद आलमले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्