“छठले विभिन्न समुदायलाई एकताको शुत्रमा बाँधेको छ”: सांसद यादव
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २८ कार्तिक । छठ पर्वले समाजका विभिन्न समुदायलाई एकताको शुत्रमा बाधेको सिरहा जिल्ला क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादवले बताएका छन् । राजपा नेपालका अध्यक्ष मंडलका सदस्य समेत रहेका यादबले छठ पर्वले सबै समुदायलाई एकताको शुत्रमा बाधिए झैं कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउन एकताको शुत्रमा बाधिँएको प्रतिबद्धता जनाएको हो ।
 
कर्जन्हा नगरपालिकालाई नमुना नगरपालिका बनाउन २ नं. प्रदेश सरकारले हदैसम्म सहयोग गर्ने सिरहा क्षेत्र नं. ४ “क” का प्रदेश सांसद दिलिप साहले बताए । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले लामो समयदेखि कर्जन्हा नगरपालिकामा कायम रहेको विवाद छिट्टै अन्त गर्ने प्रयासमा रहेको बताए । 
छिमेकी नगरपालिकाको रुपमा रहेको कर्जन्हा नगरपालिकाको विकास मिलेरै गर्ने र आपसि सद्भाव कायम राख्ने मिर्चैया नगरपालिकाको मेयर श्रवण यादवले बताए । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले छठ पर्वको शुभकामना दिँदै छिट्टै कर्जन्हा नगरपालिकावासीले विकासको अनुभुती गर्ने बिश्बास ब्यक्त गरे । 
नगरपालिकालाई नमुना नगरपालिका बनाउन प्रदेश सांसदहरु र संघिय सांसदहरूसंग समन्वय गरेर अगाडि वढिरहेको भन्दै मेयर पासमानले  नगरपालिकालाई विशेष योजनामा राख्न अनुरोध समेत गरेको स्पष्ट गरे । 

कर्जन्हा नगरपालिका बडा नं. ३ का वडा अध्यक्ष कपिलेश्वर यादवको अध्यक्षतामा मंगलबार भएको शुभकामना अदान प्रदान कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिा रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्