सिरहामा एक बर्षमा ५४ बलात्कारको घटना सार्वजनिक
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ४ मंसिर । सिरहामा एक बर्षमा ५४ बलात्कारको घटना सार्वजनिक भएको छ । जसमा २२ वटा बलात्कार प्रयासको घटना रहेको छ । जनवरी २०१८ देखि अक्टुबर सम्म जिल्लामा संकलन गरेका मानवअधिकार उलंघन र ज्यादतीका संकलित घटनाहरुका विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको हो ।वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले दिएको जनकारी अनुसार जनवरी २०१८ देखि अक्टुबर सम्म संकलन गरेका ९१ वटा मानवअधिकार उलंघन तथा ज्यादतीका घटनाहरुभएको दावी गरिएको छ ।

एक वर्षको अबधिमा सिरहा जिल्लामा बलात्कारका ३२ ओटा, बलात्कार प्रयासका २२ ओटा, बहुबिबाहका ११ वटा लगायतका ९१ वटा घटनाहरु रहेका छन । जसमा ९० महिला सहित ९९ जना पीडित भएको परियारले जनाए । कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले इन्सेकको वर्ष पुस्तकले राज्यको उपस्थिती कहाँ कस्तो रहेको प्रष्ट हुने भएकोले कमजोरी सच्याउन सहयोग पुग्ने बताए । महिला हिंसाका घटनाहरु बृद्धि भएकोले यसको रोकथामको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले इन्सेकले मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको बताए । वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएकोले यसमा मानवअधिकारका सम्पुर्ण बुदाहरुलाई समेटेर प्रकाशन गर्न डिएसपी थापाले सुझाब दिएका थिए । कार्यक्रमका सहभागिहरुले प्रतिबेदनले बलात्कारका घटनाहरु बढको प्रति गम्भिर ध्यानाकर्षण भएकोले न्यूनिकरण तर्फ सबै सरोकारवालाहरु मिलेर साझा रणनिति बनाउन सबैले पहल गर्न सुझाब दिएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्