बिष्णुपुर : ३ महिने सिलाईकटाई तालिम शुरु
Advertise Here Book Now

सिरहा, ४ माघ । सिरहाको बिष्णुपुर गाउँपालिकामा शिपमुलक ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । वडा नं. १ को आव ०७५÷०७६ को पुँजीगत शिर्षकको लक्षितवर्ग कार्यक्रम अन्तर्गत विहिबारदेखि ३ महिने सिलाईकटाई तालिमको एक् कार्यक्रमबिच सुरु गरिएको हो । २ लाखको लागतमा वडामा रहेका दलित, पिछडा वर्ग लगायत लक्षित समुहका ८० जना महिलाहरुको तालिमका लागि ५ जना प्रशिक्षकको व्यबस्था मिलाईएको छ । वडा नं. १ का वडाअध्यक्ष गोपिन्द्र यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा गाउँपालिकाका उपाध्यक्ष अरहुल देवि सिंह र प्रशासकिय अधिकृत सुजित कुमार यादव लगायतका उपस्थित रहेको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्