सिरहामा अब बाली तथा पशु वीमा साक्षारता अभियान
Advertise Here Book Now

रामसेवक महराम लहान,१३ माघ । कृषि विकास बैँक लि.शाखा कार्यलय सुखिपुरको प्रबन्धक राजेन्द्र प्रसाद महतोको अध्यक्षतामा र राष्ट्रिय कृषक समूह महासंघ नेपाल नगर कार्य धनगडीमाई न.पा.को नेतृत्वमा जनता मा.वि.तिनकोनीमा बीमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जना महिला र ४१ जना पुरुष गरी जम्मा ७१ जना सहभागी भएको थियो । कार्यक्रमका प्रशिक्षक कुलान्नद झाले कृषि विकास बैँकले बाली तथा पशु वीमाको कार्यक्रम शुरु गरेर कृषकहरुलाई लाभ दिलाउँन सकिने बताए । बाली तथा पशु विमा भनेको के हो ? बीमाबाट हुने फाईदा बेफाईदा बारेमा, प्रभाकारी रुपमा प्रशिक्षण गरेका छन । यो बैँक घरदैलोमा काम गर्ने बैँक हो । यसको लक्ष्ति वर्ग गरिब किसान,संगठित समूह रहेका छन । यसले उत्पादनमुखि प्रयोग कर्जा लगानी गर्छ । यसले तरकारी बाली समूह,वीज वृद्धि र पशुपालनको लागि समूहगत कृषि तथा पशु विमा कार्यक्रम नीति ल्याएको छ । कृषि विकास बैँकले समूहगत तथा किसानले उत्पादन गरेको बाली वीमा सुरक्षण उप समिति मार्फत वीमा कार्यक्रमको शुरुवात गरेको हो । यसले अनुदानमुलक कर्जा पनि लगानी गर्छ । कार्यक्रममा बैँकका क्षेत्रिय निर्देशक चेतनाराण सापकोटाले अन्यको तुलनामा कृषि विकास बैँकले साना कमजोर आर्थिक अवस्थामा भएका महिलाहरुलाई प्राथमिकता दिएर साना तथा मझौलास्तरको कर्जा लगानी बताए । कसैको सिफारिस,भनसुनको भरमा कर्जा लगानी गर्दैर्नौ,उनले भने कर्जा लिन व्यक्तिसंगको कुराकानी,कागजातको आधारमा सहज ढँगले कर्जा लगानी गर्छौ । सभाध्यक्ष राजेन्द्र प्रसाद महतो हामी कर्जा लिने व्यक्तिसंग कुराकानी गरेर कर्जा सरल रुपमा लागानी गरेका छौँ । हाम्रो बैँकले ईन्टरनेट बैँक सेवा,डिमेट खाता,एटिम लगाएत अरु पनि सबै सुविधा प्रदान गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्