भ्यालेनटाईन डेको दिन आमा बुबाको दिव्य पूजन
Advertise Here Book Now

राजन कुमार सिंह फाल्गुन २ विदेशी संस्कृतिको प्रभावमा युवाहरु लिप्त भईरहेको समय राधाकृष्ण योग सेवा केन्द्रले आदर्श आमा बुबाको दिव्य पूजन समारोहको आयोजना गरी आमा बुबालाई पुजा गरी समारोह मनाएको हो । युवाहरुले भ्यालेनटाईन डे अर्थात प्रणय दिवस मनाईरहदा दिव्य पूजन समारोहको आयोजना गरी आमा बुबालाई पुजा गरिएको हो । प्रणय दिवस युवा युवतीले प्रेम गरी मनाउने होईन कि बुबा आमालाई प्रेम र पुजा गरी मनाउनुपर्ने केन्द्रको धारणा छ । कार्यक्रममा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आमा बुबाको पुजन गर्ने यस दिवसलाई आदर्श चरित्र निर्माण दिवसका रुपमा ग्रहण गर्नु आवश्यक रहेको बताएका छन । उनले आफुभन्दा ज्येष्ठलाई सम्मान तथा सानालाई आशिर्वाद दिने जस्ता सँस्कारको क्रम बृद्धि हुन सके समाजमा असल चरित्र निर्माण हुने बताएको छ । साथै उनले माता पिताको कहिल्यै पनि चित्त दुखाउन नहुने धारणा राख्दै आमा बुबालाई श्रद्धापुर्वक सम्मान तथा पुजा गर्नुपर्ने बताएका छन । एउटा अर्को प्रसङमा उनले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जिल्लाको सरकारी कार्यालय लगायत बिभिन्न ठाउँमा गएर आफै गरेको अनुगमण कार्य सराहनीय रहेको भन्दै प्रशंसा समेत गरेका छन । कार्यक्रममा अध्यक्षता गरेका योग गुरु बिनय भाईले माता पितालाई अनादर गर्न नहुने भन्दै सम्मा गर्न श्रवणकुमार बाट हामीले पाठ सिक्नुपर्ने बताएका छन । सँसारमा आमाभन्दा ठुलो माया र प्रेम कसैको हुन नसक्ने दावी समेत गरे । त्यसैले आमाको सम्मान तथा पुजा पाठ गर्नुपर्ने धारणा राखे । त्यस्तै, कार्यक्रममा बोल्दै गौ सँरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अहिलेको समयमा भाई भाई, पति पत्नी, आमा छोरा, बुबा छोरा बिचको सम्बन्धहरु पहिलेको जस्तो नरहेकोले संस्कारहरु हराउँदै गईरहेको प्रति चिन्ता व्यक्त गरे । एक अर्को प्रसङमा उनले प्लाष्टिको बढ्दो प्रयोगले मानिसमा क्यान्सरको खतरा बढ्ने भन्दै प्लाष्टिक मुक्त समाजको निर्माण गर्नुपर्ने धारणा राखे । प्लाष्टिक खाएर गाईहरुको जिवन नै खतरामा पर्ने समस्याहरु समेत रहेको बताए । यस्तै, कार्यक्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले मधेशमा दहेज, बालबिवाह जस्ता कुसंस्कारहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई निर्मुल पार्न आवश्यक रहेको बताए । त्यस्तै , बृद्धाहरुलाई बृद्धा आश्रममा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा बृद्धा आश्रमका बृद्धाहरुलाई पुजा तथा सम्मान गरिएको थियो । कार्यक्रममा योग गुरु बिमल पंडित, सामाजिक अभियन्ता भोगेन्द्र लाल कर्ण, तथा साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्