नेविसंघको केन्द्रिय अध्यक्षमा यसपालि मेरो जित सुनिश्चित छ : संजिप यादव
Advertise Here Book Now

किशोर मण्डल जनकपुरधाम, ९ फागुन । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रिय अध्यक्षमा आफ्नो जित सुनिश्चित रहेकोे युवा नेता संजिप यादवले दाबी गरेका छन् । १२औं अधिबेशनबाट नेतृत्व दाबी गर्दै उनले त्यसका लागि पार्टीका कार्यकर्ता एंव शिर्ष नेताहरूसँगको छलफलमा तीव्रता दिएका छन् । विगतको निर्वाचनमा पार्टीले ऐतिहासिक हार व्यहोर्नु परेकाले पार्टीका मेरुदण्ड मानिएका भातृ संगठन नेविसंघलाई बलियो बनाउन महत्त्वपूर्ण रहेको भन्दै अब नेविसंघको नेतृत्व सम्हाल्नका लागि आफ्नो आवश्यकता रहेको औल्याउँदै उनले जित आफ्नै पोल्टामा हुने दाबी गरे । विगतमा नेविसंघको सदस्य पदमा एक कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका यादव लोकप्रिय एवं चर्चित युवा नेताको रूपमा चिनिन्छ । उनी पार्टीका वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री संशाक कोइराला र वर्तमान कोषाध्यक्ष सीता यादवको नजिक भएको मानिन्छ । हाल नेविसंघको उमेर हद लागु नगरी तदर्थ समिति गठनको तयारी भइरहेको छ । नेविसंघको विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु गर्ने उल्लेख भएपनि महाधिवेशन नहुन्जेलसम्म उमेर हद नलगाई तदर्थ समिति बनाउने तयारीलाई नेताहरुले तीव्रता दिएको छ ।
 
 
Om
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्