सिमा अत्तिक्रमण विरुद्ध नाराबाजी, ठाढीमा खुलाआम मदिरापान
Advertise Here Book Now

नेपालको ठाढी र भारतको लौकहा सिमाक्षेत्रमा भारतीयहरु अत्तिक्रमण गर्दा स्थानीयहरुबीच ६ पटक विवाद भएको ठाढीका रामकुमार यादवले बताए । विवाद हुँदा भारतीय एसएसबी र भारतीय नागरिकले सो कस्टम कार्यालय तथा घर टहरा हटाउँने सहमति गरिएपनि हालसम्म नहटाएको बर्षो भएको छ । अत्तिक्रमण रोक्न र दशगँजाबाट कस्टम कार्यालय हटाउँन सिरहाका अधिकारीसमेतको छलफलमा स्वीकार गरिएपनि हालसम्म भारतीयपक्षले नहटाउँदा स्थानीयहरुले नाराबाजी गरिएको छ । यता, सिमादेखि पाँच सय मिटरमा मात्रै रक्सी तथा कारोबार गर्न पाइने प्रावद्यान रहेको छ । तर, ठाडीको सिमाक्षेत्रमा खुलाआम रक्सीपानको पसल खोलेर विक्री गरिरहेको छ । ठाढीमा खुलाआम घरेलु मदिरा खरिद विक्री भइरहेको छ । भारतको विहारमा मदिरा प्रतिबन्ध गरिएकोले सिमापारीका ग्राहकहरु नेपाल छिरेर मदिरापान गर्ने गरेको छ । यो सँगै रातारात संकलित मदिरा भारतसमेत पठाउँने गरेको खुलासा भएको छ ।

