रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान ५ फागुन । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा सँकलन गरेर रातारात भारत पुर्याउँन त्यहाँका प्रहरी सक्रिय छन् । प्रहरी चौकी कचनारीको मातहतमा रहेको भारतसिमासँगै टाँसिएको नरगीमा दैनिक २५ देखि ३० ट्रायक्टर वालुवा गिट्टी सँकलन हुँदै भारत पुरयाउँने गरेको छ । संकलित बालुवा गिट्टी कचनारीका प्रहरी इन्चार्ज धनवहादुर खडकाका निगरानीमै रातभरीमा भारत पुर्याउँने गरेको छ । गिट्टी वालुवा सँकलनका ठेकेदार वरहरीका जगवीर यादव, नरगीका अशोक यादवलगायत पाँच जनाको समूह सक्रिय रहेको छ ।
वरियारपट्टी गाउँपालिकाको कजरा, कचनारी र नरगी हुँदै भारतको पिपराही पुर्याएर भारत विहारको विभिन्न बजारमा लहानको वालुवा गिट्टी अवैद्य रुपमा तस्करी भइरहेको छ । कचनारी प्रहरी इन्चार्ज धनवहादुर खडकाकै मिलोमतोमा नेपालबाट मरिच, मटर भारत पुर्याउँने गरेको छ । भारतबाट भन्सार छली गरेर दैनिक २५ देखि ३० लाखसम्मको कपडा, इलेक्ट्रोनिक पार्टपुर्जा, खद्यान्न सामाग्री नेपाल भित्रिने गरेको छ । तस्करहरुले भारतबाट साईकल, मोटरसाईकल, ट्रायक्टर, जिप, मिनी ट्रकमार्फत भन्सार छली गरी नेपाल भित्रियाउँने गरेको छ ।
वालुवा गिट्टीका कारोवारी अशोक यादव भन्छन् —‘काम गरेर खान दिनुस्, हामीलाई जिल्लासम्म पकड छ । यहाँका प्रहरीसँग पटक पटक बैठक भइरहेको छ ।’ उता, शनिवार स्थानीय सँचारकर्मी मुकेश यादव र उनीसँग रहेका दिनेश यादवले सिमाक्षेत्रमा रहेको वालुवा गिट्टीको फोटो खिच्दा कारोबारी जगदीश यादवले दुव्र्यवार गरेको छ । फोटो खिचेका दिनेश यादवलाई गुण्डा शैलीमा जगवीर यादवले गालीगलौज गर्दै मोबाईल नियन्त्रणमा लिएर गिट्टी वालुवाको दृश्य हटाउँन लगाएका छन् ।
गिट्टी वालुवा तस्करीवारे जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले ‘यो हुनै सक्दैन, यदि यस्तो भइरहेको छ भने त्यहाँको प्रहरीले पैसा खाएर कारोवार गराइरहेको हुनुपर्छ ।’ ‘एसपी जीवनले यो नियन्त्रण गरेर नै छाड्छन् ।’ ‘विशेष टोली पठाएर काम अघि बढाउँने ।’ एसपी श्रेष्ठको कथन छ । राजनिवास र रजनीगन्धाको तस्कर कौशल पशुपति उच्च मावि लहानको जग्गा भाडा लिएर पसल खोलेर बसेका कौशलले दैनिक लाखौको राजनिवास र रजनीगन्धा अवैद्य रुपमा नेपाल भित्रियाउँने गरेको छ । कौशलले लहानक्षेत्रका अधिकाँश पसललाई रजनीगन्धा र राजनिवास सप्लाई गर्दै आएको छ ।
पशुपति स्कूलको जग्गा प्रयोग गरेर दैनिक राजस्व छली गरेर राजनिवास, रजनीगन्धालगायत किरानाको मालसमान नेपाल भित्रियाउँने गरेको खुलासा भएको छ । कौशलले प्रहरीका विशेष जवानलाई नजराना दिएर यस्तो कारोबार गर्दै आएको छ । उनले बस र मोटरसाईकल प्रयोग गरेर मालसमान भित्रियाउँदै आएको छ । नेपालबाट मरिच समेत बेलाबखत भारत पुर्याउँन कौशल सक्रिय रहेका छन् । उनीसँगै तस्करीमा दिपेन्द्र साह पनि सक्रिय छन् । जिल्ला प्रहरीले तस्करी नियन्त्रण गर्न सक्रिय रहेको बेला यस्ता तस्करहरुलाई नियन्त्रण गर्न असफल भएको छ । सिरहा प्रहरीलाई यस्ता तस्करहरुले चुनौती दिँदै आफ्ना कारोबार सक्रिय पारेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्