सिरहाका निजि बिधालयहरु ले टेरेनन प्रदेश सरकारलाई, सार्वजनिक बिदामा पनि कक्षा संचालन
Advertise Here Book Now

मनोज बनैता, सिरहा, २२ माघ । सोनाम लोसार को अवसरमा संघिय सरकार र प्रदेश सरकार ले सार्वजनिक बिदा घोषित गरेपनी सिरहाका बहुसंख्यक निजि बिधालयहरु संचालित रहेका छन । शेर्पा, तामाङ र गुरुङ समुदायको प्रमुख पर्वको रुपमा रहेको लोसारमा बिदा नहुदा त्यस समुदायका बिद्यार्थी स्कुल आउन बाध्य भएका छन । विद्यार्थी अनुपस्थित हुँदा जरिवाना तिर्नु पर्ने नियम अधिकांश बिधालय ले लगाएको कारण ले यहाँ सार्वजनिक बिदा मा पनि बिद्यार्थीहरु बिधालय आउन बाध्य छन । 
प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरि निजि बिधालय हरु पटक पटक आफ्नो मनमानी गर्दै आएका कुरा लाहानका एक स्थानीय अभिभावक ले बताउछन् । 

नाम गोप्य राखिदिने शर्तमा एक निजि विधालयका शिक्षक ले भने " आउने आईतवार सरस्वती पुजा भएको ले निजि  बिधालयहरु ले बिदा नदिएका हुन । सरस्वती पुजाको नाममा मनपरी रकम असुल्ने बेला बिदा भयो भने पूरा रकम असुल्न अप्ठ्यारो हुने हुनाले बिदा न दिएको होला । "
त्यसैगरी एक जना अभिभावक दिलिप साह ले भने कि सिरहाका अधिक्तम बिधालयहरुले सरस्वती पुजाको लागि बिद्यार्थीहरु बाट अनिवार्य रुपमा तिर्नैपर्ने गरि ७००/५००/३०० को हाराहारीमा फरक फरक खालका चंदा उठाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्