सिरहा लागु औषधको ट्रान्जिट पोईन्ट बन्दै, ड्रग्स सहित १ जना पक्राउ
Advertise Here Book Now

मनोज बनैता, लहान, २४ माघ । शसस्त्र प्रहरी ले भारी मात्रा मा लागु औषध सहित १ जना लाई पक्राउ गरेका छन । शसस्त्र प्रहरी बोर्ड र आउट पोस्ट का सहायक प्रहरी निरीक्षक सुरेन्द्र शाहीको कमान्ड मा खटिएको गस्ती टोलीले लागू औषध सहित एक जनालाई पक्राउ गरेका हुन ।
प्राप्त खबर अनुसार सिरहा न.पा.१७ पटेर्बा मा चेक जाँच गर्ने क्रममा स.९ प-५४३१ नम्बरको मोटर साइकलमा आएका जिल्ला धनुषा जनकनन्द्नी गा. पा. २ बर्ष-२० का बब्लु यादबलाई लागु औषधको साथ गिरफ्तार गरिएको छ । यादवको साथ बाट phenergan2ml-199 एम्पुल,noophin-2ml-200 एम्पुल , diazelab2ml-199 थान को साथै हुवावे को मोबाइल -१थान, नेपाली रू ६१७०,भारतीय रु-५६०, युएस डलर१, रियाल -रु४७सहित नियन्त्रणमा लिई करबाहीको प्रक्रिया अगाडि बढाएको श.प्र.नि. सुरेन्द्र शाहीले जनाएका छन । सिरहामा दिनहु जसो लागू औषध का तस्करहरु समातिने गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्