विधालयहरु द्वारा सरस्वती पुजाको नाममा ब्रहमलुट, शिक्षा समिति हाजिरी अनुगमनमै सिमित
Advertise Here Book Now

मनोज बनैता, सिरहा, २५ माघ । बसन्त ऋतु को आगमन संगै हिन्दु समाजमा मनाईने सरस्वती पुजा को नाममा सरकारी तथा निजि विधालयहरु ले बिद्यार्थीका अभिभावकलाई ढाड सेक्ने काम गरिरहेका छन । पुजाको नाममा लिईने मनपरी चंदा ले गर्दा अभिभावकहरु आतंकित बन्न पुगेका छन । सिरहाका विभिन्न शैक्षिक संस्थाहरु ले प्रति बिद्यार्थी ३०० देखि ७०० सम्मको चन्दा उठाएको कुरा बाहिर आईरहेको छ । निजि बिधालयमा आफ्नो छोरा छोरीलाई पढाउने एक अभिभावक बिनोद साह भन्छन " मेरो परिवारको जम्मा ६ जना केटाकेटी निजि बिधालयमा पढ्छन् । मैले जम्मा ३००० तिरे । न तिर्दा बच्चाहरूलाई मानसिक पीडा दिन्छन । के गर्ने ? "

नैतिकता को न्युनतम मापदण्डलाई पनि पार गरि बिधालयहरु ले चन्दा उठाउने कार्यप्रति सिरहाका अधिकांश अभिभावकहरुको ध्यानाकषिर्त भएका छन । यसरी विभिन्न बहानामा विद्यार्थीहरुको अभिभावक संग रकम असुल्ने बिधालयहरु लाई निरुत्साहित गर्ने निकाय सिरहाको सन्दर्भमा अहिलेसम्म मौन देखिएको छ । जबकि छिमेकी जिल्लाहरूमा पुजाको नाममा रकम असुल नगर्न जिल्ला प्रशासन कार्यालयबाट परिपत्र जारी भएको अवस्था छ । नाम गोप्य राखिदिने शर्तमा लाहान स्थित निजि बिधालयका एक शिक्षक ले भने " यहाँ त शिक्षा समिति पनि त्यति गतिलो भएन । समितीका सदस्यहरु महिनामा केवल बिद्यार्थीहरुको हाजिरी हेरेर आफ्नो कर्तव्य पूरा गरिरहेको अवस्था छ । "

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्