पत्रकारहरुका मिशन बोर्डर, लप प्रमुख आक्रोशित
Advertise Here Book Now


आकोल यादव लहान, ७ फागुन । मिशन बोर्डर अन्तरगत सिरहाका केही पत्रकारहरुले सिमाक्षेत्रमा भइरहेको अवैद्य मालसमान तस्करी विरुद्ध समाचार लेखेपछि लक्ष्मीपुरपतारीका प्रमुख रामबल्भ साह आक्रोशित भएका छन् । प्रमुख साहका सम्बन्धित कौशललगायतले गर्दै आएको राजनिवास, रजनीगन्धा, मरिच तथा विभिन्न किराना मालसमान अवैद्य रुपमा भारत निकासी पैठारी गरिरहेको समाचार मिडियामा आएपछि सिमाक्षेत्रमा प्रहरीले कडा निगरानी बढाएको छ । सोही समाचार लिएर आज लक्ष्मीपतारी गाउँपालिकाको कार्यालयमा एक पत्रकारलाई प्रमुख साहले आक्रोशित हुँदै भने ‘तिमीहरुको काम राम्रो होइन् ।’ ‘ समाचार लेखेर बोर्डरमा कडाई गर्नु तिमीहरुले के गर्न खोजिएको हो ? यो ठिक होइन् । पत्रकार र प्रमुखबीच एक छिन तनाव नै भएको थियो । सिमाक्षेत्रको समाचार लगातार आएपछि यत्तिबेला जिल्ला प्रहरी कार्यालय सिरहाले कचनारी , झाझपटी , जानकीनगर रेखदेख गर्न प्रहरी प्रकाश खडकालाई जिम्मा दिएको छ । त्यसक्षेत्रमा प्रहरी निगरानी कडाई गरेपछि दूई दिनदेखि तस्करहरुले पत्रकारहरुलाई धम्की दिन थालेको छ । पत्रकार प्रदीप सिँहलाई मंगलवार विहान साढे ९ बजेतीर देवनगरका आन्नद यादवले ज्यान मार्ने धम्की दिएको छ । पत्रकारलाई यसरी ज्यान मार्ने धम्की दिने यादवलाई कारवाही गर्न नेपाल पत्रकार महासँघ सिरहाले जोडदार माग गरेको छ । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले यस्ता गुण्डागर्दी गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउँने बताउँनुभयो । सिमाक्षेत्रमा मरिच, मटर, किरानाका मालसमान, गिट्टी बालुवा, खैनीजन्य पदार्थ, कपडा, तेल, रक्सीलगायतका मालसमान अवैद्य रुपमा निकासी पैठारी हुँदै आएको छ । यता, समाचार आएपछि सिमाक्षेत्रमा खटिएका थप प्रहरीले भन्सार छलीका समान बरामद गरिएको छ । ईलाका प्रहरी विष्णुपुरका टोलीले चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख बराबरको किरानाको मालसमान बरामद गरिएको छ । बरामद गरिएको मालसमान भन्सार कार्यालय सिरहा माडरमा बुझाउँने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका केही पत्रकारले यत्तिबेला मिशन बोर्डर नाम दिएर तीन दिनदेखि नियमित समाचार लेख्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्