नेका नगरकमिटिले मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने
Advertise Here Book Now


राजन सिंह  चैत ३ नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले १५ दिने मध्यमा परिक्रमा विश्राम स्थलहरुको अध्यन अवलोकन भ्रमण गर्ने भएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर कमिटिले आईतवार एक पत्रकार सम्मेलनको आयोजना गरि चैत ५ गते बिहान ६ बजेदेखि अध्यन अवलोकन गर्ने जनाएको छ । जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने उद्देश्यले हुन लागेको सो अवलोक हनुमान नगरबाट शुरु भई १५ दिने मध्यमा परिक्रमा सम्पुर्ण विश्राम स्थलहरुको अवलोकन गर्ने जनाईएको छ । भ्रमण कल्याणेश्वर, गिरिजास्थान, मठिहानी, महोत्तरीको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन , पर्वता, धनुषाधाम, सतोषर, औरही र विसौल हुदैं पुन ः जनकपुर पुगी सम्पन्न हुने छ । अध्यन अवलोकनमा संयौको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाईएको छ । कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस जनकपुरधाम नगर समिति सभापति मनोज साहले सबैलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रफुल्ल राज घिमिरे , गणेश तिवारी , पुर्व नगर अध्यक्ष धिरेन्द्र मोहन झा , गणेश झा , गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठ सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्