फेयर लव्लीको बोर्डमा हरामटरको तस्करी
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान,२० फागुन । प्रहरी प्रशासनलाई सिधैं चुनौती दिँदै लहानका केही व्यापारी मरिच र मटरको तस्करी व्यापक रुपमा गरिरहेको छ । सिरहाबाट स्याउ र गाजा तस्करी हुँदै आएपनि पछिल्लो पटक खाने मटर दाना र मरिच भारततर्फ तस्करी भइरहेको खुलेको छ । फागुन १९ गते लहानबाट निस्किए एक पिकअप जीपलाई सहकर्मी आलोक यादवले पिछा गर्दै जाँदा सितापुरप्रहरीले नियन्त्रणमा लिए । प्रहरीले खोजखबर गर्दा सो जिपमा चार लाखको फेयर लव्लीको कार्टुन र त्यस मुनी ५० बोरा हरा मटर फेला परे । प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करपक्षले मुन्धडा इन्टरप्राइजेजले मिथिला ट्रेडस् बडहरी नरगीको नाममा विल देखाएर सिमाक्षेत्रतर्फ लगिएको छ । यसअघि चाउचाउको फ्लेक्स बोर्ड राखेर मरिच लगिएको थियो भने यस पटक फेयर लव्लीको फ्लेक्स बोर्ड राखेर स.१प. ८६८ नम्बरको पिकअप जिपमा भारत निकासीको लागि हरा मटर लगिएको छ । मुन्धडा इन्टरप्राइजेजका पवन मुन्धडाले भने ‘सबै कुरामा भ्याट विल काट्नु पर्दैन ।’ ७० हजार ८ सयको मटरको विलमा कर कट्टा गरिएको छैन ।
तस्करले लहानबाट लगिएको हरा मटर वरियारपट्टी गाउँपालिको कचनारी हुँदै दशगँजाक्षेत्रमा रहेको बडहरी नरगीको एक घरमा गोदाम बनाएर उक्त मालसमान स्टोक गर्ने गरेको छ । स्टोक गरिएको हरा मटर, मरिचलगायत तेस्रो मुलुकबाट आयात गरिएको मालसमान नेपालबाट रातारात भारत निकासी गर्दै आएको छ । सिमाक्षेत्रका कचनारी प्रहरीका धनबहादुर खड्काको संरक्षण रातारात मटर, मरिच भारततर्फ निकासी गर्ने गरेको स्थानीयको दावी छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै हरा मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ ।
नाकाबाट ठूलो परिमाणमा तस्करी भइरहेको गोप्य सूचना पाएपछि एसपी जीवन श्रेष्ठले त्यहाँ कार्यरत प्रहरी इन्चार्जलाई कडाई गर्न निर्देशन दिएका थिए । तैपनि तस्करीका समानहरू बरामद नभएपछि उनले सिमाक्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरिएको छ । एसपी श्रेष्ठले ‘हाम्रो प्रहरीले सितापुरमा मटरसहितको गाडी रोकिएको थियो ।’ ‘तर, ‘नेपालमै बिक्री गर्ने रसिद देखाएपछि विवश भएर छाड्नुपरेको हो ।’ ‘बोर्डरमा कडा गरिएको छु ।’ ‘तर, रुघेर बस्न नसकिने स्थिति छ । अन्य ठाउँमा निगरानी दिनुपर्छ ।’ ‘यो नियन्त्रण गर्न पुलिसको मात्रै होइन् अन्य निकायको पनि हो ।’

दशगजा क्षेत्रमा भण्डारण गरी तस्करीका मोटरसाईकल,साइकल, भरिया गरि भारत नाका कटाइने गरिन्छ । सिमा क्षेत्रको झाझपट्टी, नरगी, वरियारपट्टीमा भण्डारण गरिने अवैध समानहरू प्रायः रातको समयमा तस्करी गर्ने गरिएको पाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्