एक दिने आँखा शिविर सम्पन्न
Advertise Here Book Now


किशोर मण्डल धनुषाको हंसपुर नगरपालिका वडा नं. ८ रामनगरामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । महात्मा चौधरी साहेब स्मृति सदकबिर आश्रमको आयोजनामा भएको सो शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६० जनामा मोतिया बिन्दु रहेको भेटिएको छ । मोतियाबिन्दु भएकाहरुको सबैलामा नगरपालिकामा शल्यक्रिया गरिने आयोजकले जनाएको छ । महात्मा चौधरी साहेब स्मृति सदकबिर आश्रमका अध्यक्ष साधु शरण मंडलको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी सुशिल कुमार साह प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष जिवछ मंडल , विजय मंडल , संजिव श्रेष्ठ , सुरेन्द्र मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्