प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण नेका.उपसभापति नीधि
Advertise Here Book Now

किशोर कुमार मंडल जनकपुरधाम फागुन १९ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संसदमा ल्याएको प्रहरी तथा कर्मचारी सम्बन्धि विधेयक त्रुटीपूर्ण रहेको बताएका छन । उपसभापति निधिले संसदमा ल्याइएको प्रहरी सम्बन्धि विधेयक र कर्मचारी सम्बन्धि विधेयक संघियता बिरोधी रहेको बताएका छन । चेतना नामक संस्थाले आयोजना गरेको संघियता कार्यान्वयन विषयक कार्यक्रममा बोल्दै निधिले प्रहरी प्रशासन नहुने सरकार, सरकार हुन नसक्ने भएकोले प्रदेशले नै सुरक्षा प्रशासन चलाउनु पर्ने धारणा राखेका छन । उनले संघियता कार्यान्वयनका लागि प्रदेश मातहत आफ्नै सुरक्षा, आफ्नै प्रशासन,कार्यपालिका, न्यायपालिका हुनु नितान्त आवश्यक रहेको बताएका छन । नेता निधिले देशमा संघियता आएपनि संघियताको हिसाबले स्वामित्वको बाँडफाँड हुन नसकेको बताएका छन । संविधानले संघियताको प्रत्याभूत गरेपनि राजनीतिक तथा सामाजिक आधारमा अधिकार प्रत्यायोजन हुन नसकेको उनको भनाई थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्