९० लाखको लागतमा निर्माण हुने विद्यालय भवनको सिलान्यास गरियो
Advertise Here Book Now

जनकपुरधाम चैत ११ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ स्थित गोगल प्रसाद नमुना मावि बसहियामा ९० लाखको लागतमा ४ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले एक कार्यक्रमका बिच उक्त ४ कोठे भवनको शिलान्यास गर्नुभएको छ । सो वडाका वडाध्यक्ष एवं स्कुलको अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा ४ कोठे भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिकाका भित्र रहेको दुई वटा नमुना विधालय रहे पनि अन्य विद्यालयहरु पनि नमुना विद्यालय बन्ने लायक रहेको बताउनुभयो । उहाँले विद्यालयको विकासका लागि जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा थप काम गराईने समेत आस्वासन दिनुभयो । कार्यक्रममा बोल्दै सो विद्यालयका प्रधानाध्यापक महाविर दासले नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत यो आर्थिक वर्षमा भौतिक विकास अन्तरगत ९० लाखको लागतमा चारकोठे भवन तथा महिला शौचालय निर्माण गरिने उहाँले बताउनुभयो । त्यस्तै आगामी वर्ष शैक्षिक कार्यक्रममा थप कार्य गरिने उहाले बताउनुभयो । सो कार्यक्रममा विद्यालय, विद्यालयका दाता परिवार, शिक्षक, अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्