कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा ः नेता निधी
Advertise Here Book Now

राजन कुमार सिंह फाल्गुन २५ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा रहेको बताएका छन । नेता निधीले संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ को प्रदेश भेला , स्वागत , सम्मान तथा परिचयात्मक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले स्थायी सरकार मानिने कर्मचारी तन्त्रमा त्रास र आतंक सृजना गरेको आरोप लगाए । उनले भने नेकपाको सदस्यता जर्वजस्ती लिन लगाई कर्मचारीहरुको सरुवा बढुवा भईरहेको छ । ओली सरकारमा कर्मचारीहरुमा असुरक्षाको भावना जागेको बताए । कर्मचारीहरुको वृति विकास , हकहित र सुरक्षा गर्न सरकार असफल रहेको नेता निधीले दाबी गरे । उनले प्रदेश सरकारले निजामती कर्मचारीहरुको सम्मान र प्रतिष्ठाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ का अध्यक्ष राज किशोर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद शिवचन्द्र चौधरी , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , युवा नेता प्रवेश चौधरी , पुर्व जिल्ला सचिव जगतसुन्दर साह , नेपाल महिला संघ धनुषाकी अध्यक्ष तुलसा आचार्य , महिला नेतृ निलम कर्ण , मिनु झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्