साउथ प्वाईन्ट स्कुल कक्षा १० का विद्यार्थीहरुको विदाई
Advertise Here Book Now

राजन सिंह  चैत , २ जनकपुरधामको साउथ प्वाईन्ट ई.बो.स्कुलले एक भव्य समारोहका बिच शनिवार कक्षा १० का विद्यार्थीहरुको विदाई गरेको छ । विद्यालयका प्रिन्सिपल अजय कुमार साहको अध्यक्षतामा भएको सो विदाई कार्यक्रममा सहभागीहरुले एस.ई.ई.परिक्षा नजिक आईसकेको भन्दै परिक्षाको तयारीमा जुटन आग्रह गरेका छन । सहभागीहरुले विद्यार्थीहरु लगनका साथ पढनुपर्नेमा जोड दिएका थिए । तराई मधेशको शिक्षाको अवस्था खस्किदै गईरहेको समय विद्यालयले समेत यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउनतर्फ लाग्नतर्फ विद्यालय व्यवस्थापनको ध्यानाकृष्ट गराएका छन । कार्यक्रममा विद्यालयका शिक्षक वैध आचार्य , जोगिन्द्र मंडल , बरुण झा , बबी कर्ण , मन्जु पासवान लगायत विद्यालयका कर्मचारी , अभिभावक , विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्