हावाहुरी पीडितका लागि सहयोग गर्न नायिका कसिसको अपिल
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १९ चैत्र । बारा ,पर्सा र रौतहटमा हावाहुरीले भएको मानव , धनजन तथा कृषिवालीमा भएको क्षतिप्रति नायिका कसिस दहालले आफु घटनाप्रति मर्माहित भएको बताएका छन् । चैत्र १८ गते भएको घटना भयावह भएको भन्दै नायिका कसिसले राहत संकलन गरि प्रदेश २ को मुख्यमन्त्री राहत कोषको खाता नं. १२२०५०३०००००० मा सहयोग गरि दिन आग्रह गरेका छन् । यो सँगै घाईतेहरुलाई रगतको अभाव देखिएकोले रक्तदान गर्न जोड दिएको छ । यो घटनामा प्रदेश २ सरकारले गर्न सकिने क्षमताको धन्यवाद दिँदै संघीय सरकारले त्यसक्षेत्रमा विशेष राहतको व्यवस्था गर्न समेत नायिका दहालले आग्रह गरेका छन् । यसैबीच, नेपाल पत्रकार महासँघ सिरहा, मधेश मिडिया मिशन नेपाल केन्द्रीय कार्यालय लहान, मधेश पत्रकार महासँघ केन्द्रीय समिति जनकपुर, प्रेस मञ्च केन्द्रीय समिति र प्रदेश २ समितिले आफ्ना मातहतमा रहेका सदस्यहरुलाई राहत संकलन र हातोमालो गरी सक्रिय भइदिन आव्हान गरिएको छ । उता, लक्ष्मी फाउन्डेशन कन्स्ल्टेन्सी प्रालि लहानका मनोज खनालले घटनाप्रति मर्माहित हुँदै त्यसक्षेत्रमा पीडित बालबालिका मध्ये ६ जनालाई निःशुल्क पठ्नपाठनको लागि व्यवस्थापन गर्ने घोषणा गरेको छ । योसँगै फाउन्डेशनले मृत्तक परिवार तथा पीडित परिवारको लागि राहत उपलब्ध गराउँने तयारीमा जुटेको छ । हावाहुरीले बारामा २७ र पर्सामा ६ जनाको मृत्यू भएको छ भने ६ सय जति घाईते छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्