हेल्प मधेशीद्वारा हरुशाहामा छात्रवृति वितरण
Advertise Here Book Now

जेठ ७ धनुषाको औरही गाउंपालिकाको हरुशाहामा राजदेवी राष्ट्रिय आधारभूत बिधालयका १० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ । हेल्प मधेशी साउदी अरबको आर्थिक सहयोग र हेल्प मधेशी नेपालको आयोजनामा उतm छात्रवृत्ति बितरण गरिएको हो । हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवको अध्यक्षता र महिला बिकासकी अध्यक्ष विजेता झाको प्रमुख अतिथियमा छात्र(छात्राहरुलाइ छात्रवृत्ति बितरन गरिएको जनाईएको छ । कार्यक्रममा हेल्प मधेशी नेपालका केन्द्रिय सदस्य लालबाबु साह , संजय रान यादव ,गणेश मंडल, कृष्णदेब मंडल ,बिनोद दास तथा हेल्प मधेशी कत्तार च्याप्टरका सह—सचिब प्रदीप ठाकुर लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्