प्रथम उपमेयर कप खेलाडी छनौट प्रतियोगिता सम्पन्न
Advertise Here Book Now

जेठ ११ धनुषाको शहिदनगर नगरपालिका वडा नं ५ पचहर्वामा संचालिच प्रथम उपमेयर कप खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ६ हरवारा र वडा नं ८ विसरभोरा विच भएको अन्तिम प्रतिस्पर्धामा १—१ गोलमा पेनाल्टि किक बाट हरवारा ४ गोल र नाथपट्टि विसरभोरा २ गोल प्राप्त गरि हरवारा विजयी भएको छ । खेलको मैन अफ द सिरिज वरूण यादव , वेष्ट ऐलेभन सुधिर यादब , मैन अफ द मैच विश्वजित पासमान गोल किपर हरवारालाई प्रदान गरिएको छ । खेलको समापन कार्यक्रममा नगर प्रमुख उदय कुमार वरवरिया यादव , उप प्रमुख शिला देवी कापर , जिल्ला फुटवल संघ , धनुषाका अध्यक्ष सुरेश शर्मा , कोच प्रकाश अर्याल , सशस्त्र प्रहरी वल , सुरक्षा वेस यदुकुहाका प्रहरी निरीक्षक कृष्णमान तमाङ्ग , ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक भिम बहादुर खडका , शहिदनगर नगरपालिका टिम,खेल प्रेमि,खेलाडीहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्