समाजमा बडदै गैइरहेको अपराधलाई मध्य नजर गर्दै सडक नाटक गर्दै 
Advertise Here Book Now

महेश सिंह , सिरहा १३ भदौ - समाजमा बडदै गैइ रहेको जघनिय अपराधलाई मध्य नजर गर्दै सडक नाटकको आयोजना गरेको हो । यस्तो घटना हुन् समाजमा नदिन र नदोहोरीन समाजबाट उन्मुलन गर्न सडक नाटक प्रस्तुत गरेको हो । सृजना सामुदायिक पुस्तकालय पडरिया र दलित जन कल्याण युवा कलवको आयोजनामा सडक नाटकको भएको हो । सिरहाको लहान नगरपालीकामा नाटक हेर्न मानिसको त्राइहमान भएको दलित जन कल्याण युवा कल्बका प्रतिनिधी सन्तोष बिसुनकेले जानकारी दिनु भयो । नाटकमा भाग लिने कलाकारहरु एलिना चौधरी ,राजेन्द्र सदा , सन्तोष बिशुनके , हिरा मगर ,संगिता चौधरी ,सवन चौधरी ,दिपेश पासमान , पत्रकार निर्मला दहाल , महेश सिंह लगायतकाम ब्यक्तीहरुको उपस्थिति रहेको थियो । हिजो लहान नगरपालिका ११,१२,२२ मा जन समक्ष मंचन गरेको नाटक हेर्न दर्शक हरुको निकै घुइँचो लागेको थिए । अपराध र काईमको मध्य क्षेत्र रहेको सिरहामा महिला हिंसा र मानव बेचबिखन र घरेलुु हिंसा जस्ता घटनाहरुको पके क्षेत्रको रूपमा मानेको हो। सिरहा अन्तर्गत परेको सरकारी र गैर सरकारी सघ सस्थाहरुले समाज र ब्यक्ती सुधारन आफ्नो ठाँउबाट लागी परेको हो भने प्रमानित देखियो हाम्रो नेपाली समाजमा बिकृती र बिसगती फैलिएको अबस्था छ । नेपाली समाज मानव बेचबिखन ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ। सडक नाटकले सिरहामा बालबिवाह र लागु औंषध , दुर्वयसन र कुलतमा लागेको ब्यक्तीहरुलाई सुधारने उदेश्यले नाटकको आयोजना गरेको थिए । नाटक हेर्न करिब तिन सय मानिसहरुको सहभागिता रहेका थिए । सिरहाको मुख्य बजारको रूपमा रहेको लहानमा बाल बिवाह र लागु औषध तथा मानव बेचबिखन ,ओसारपसार बिगतको दिनमा ह्वात्तै बडेको थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्