सिरहाको लहानमा बिद्यालय व्यवस्थापन समितिको ३ दिने तालीम
Advertise Here Book Now

महेश सिंह महतो सिरहा २२ , श्रावण सिरहाको लहानमा आज देखी ३ दिने विधालयको व्यवस्थापकीय क्षमता सुधार तथा सुशासनका लागि विधालय व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धी तथा नेतृत्व विकास तालिम सुरु भएको छ । सेभद चिल्ड्रेनको सहयोग तथा सप्तरीको सुरुङ्गा नगरपालिका ( शिक्षा युवा तथा खेलकुद शाखा) को सहयोगमा तालिम आयोजना भएको आयोजक संस्था सबल नेपालका राधेश्याम रामले जानकारी दिनुभएको छ । तालिमको उदघाटन गर्ने क्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले तालिमले बिधालय क्षेत्र सुधार गर्न अति आब्यश्यक भुमिका खेल्ने बताएका छन । प्रमुख चौधरीले सामुदायिक बिधालयहरुको पठन पाठन अहिले पनी संन्तोष जनक नभएकोले सुधार गर्न नगरपालिका बिभिन्न खालका प्रयासहरु गरीरहेको बताए । तालिममा बाल संरक्षण नीति , मिल प्रणाली , बालमैत्रि विधालयको सुचकहरु , विधालयमा लेखा ब्यबस्थापन तथा शैक्षिक सामग्री व्यबस्थापनको बारेमा छलफल हुने गरेको आयोजक संस्थाले जनाएकोछ । करिब २५ जना सहभागीता रहेको तालिमको सहजिकरण सवल नेपालका नगर शिक्षा अधिकृत हिरालाल राणा , शिक्षा श्रोत व्यक्ति भोगेन्द्र कुमार यादव गरीरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्