विद्याल्य जागीर गर्ने ठाँउ होईन : गिरिराज मनि पोखरेल
Advertise Here Book Now

महेश सिंह सिरहा , ५ असोज । सिरहाको बरियारपट्टीस्थित जनता माविमा प्राविधिक धार अन्तर्गत कृषि बाली बिज्ञान संकायको समुदघाटन गर्दै मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताए । उनले भने, ‘शिक्षालाई श्रम, प्रविधि र शिपसंग जोड्नु पर्छ । शिपलाई उत्पादनमा बदल्नुपर्छ । अनी मात्र समृद्ध समाजको निर्माण हुन्छ ।’ सिरहाको समृद्ध समाजका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्छ , मन्त्री पोखरेलले बताउनु भयो शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने थलो नभएको बताएका छन् । उनले विद्यालय राष्ट्र निर्माण गर्ने थलो भएको तर्क गरेका हुन् । मन्त्री पोखरेलले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पठाउनु पर्ने धारणा समेत राखेका छन् । शिक्षालाई गुणस्तर र प्राविधिक शिक्षामा जोड दिन सबैलाई उनले आग्रह समेत गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्