सिरहाको लहानमा बाउला स्यालले एक दिन मै १६ जना लाई टोके गाउँ नै त्रसित
Advertise Here Book Now

महेश सिंह , सिरहा १९ कार्तिक - सिरहाको लहान नगर पालीका वाडा नम्बर ४ मा मगवार बिहान बाउला स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोके पछी पुरै गाउँ मै आतंकित भएका छन् । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बाउला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोके पछि गाउँ नै त्रसित भएका छन् । एका बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बाउला स्यालले टोके पछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् । गाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो घाइते भएका छन। समान्य रहनेमा संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तीहरु रहेका वाडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् । ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहा ले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्