सिरहाको लक्ष्मीपुर पतारीमा नियम विपरीत भएको कम रोक्न वडा अध्यक्षलाई दिए ज्ञापनपत्र
Advertise Here Book Now

महेश सिंह , सिरहा २८ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा असंतुष्ट पक्षले विकासको काममा संतुष्ट नभएको भन्दै गाउँ पालिकामा अध्यक्ष राम बल्भव साह समक्ष ज्ञापन पत्र बुझाईएको छ । यस गा पा को कार्यालयबाट पटक पटक जनप्रतिनिधि तथा नियम कानून विपरीत कृयाकलाप भईरहेको हुदाँ त्यस्ता काम काज अबिलम्ब रोक्न वडा अध्यक्षहरु, जनप्रतिनिधि तथा आम जनता समेतको टोलिले गा पाको कार्यालयमा गई अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको छ । गाउँ पालिकाबाट वडाको लागी छुटटयाईएको रकममा कटौति,वडा स्तरबाट छनौट गरी दिएको योजनामा आफनो मन मानीले कटौति,वडा स्तरीय बजेट बााडफाँडमा भेदभाव,अध्यक्ष र उपाध्यक्षको आफनो किसिमले मानोमानी जस्ता आरोप लक्ष्मीपुर पतारी गाउँपालिका ५ का वडा अध्यक्ष देव कुमार यादवले लगाएका छन ।वडा नम्बर ४ का वडा अध्यक्ष विद्यानन्द साह, ५ का वडा अध्यक्ष देव कुमार यादव र ६ का वडा अध्यक्ष राजेश्वर साह सुडीको अगुवाईमा गएको टोलीले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझदै साहले भने हामीले ज्ञापन पत्र स्वीकार गरीयौ पढी पनि सकियो अब हामी विशेष गाउँ सभाको बैठक बोलाएर त्यो अनुसारको योजना बनाई कार्य संचालन गर्ने छौं । पतारी पर्यटकीय क्षेत्रमा घोषणा भएको छ यसको लागी हामीले केहि न केही गर्नै पर्ने हुन्छ अब बैठक पछि बजेट छनौट गर्नेछौ । तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस हामी बजेट विनियोजन गर्न तयार छौ । यता १६ बुँदे ज्ञापन पत्रमा एक हप्ताको समय दिएको छ एक हप्ता भित्र सुधार भएन भने हामी जनता चरणबद्ध आनदालन गरी गा पा मा ताला बनदी गरी काम काज बन्द गर्ने सो बाट भएका क्षतिपुर्ति र जनताको पिडा समेतको जवाफदेही गा. पा. अध्यक्ष र उपाध्यक्षले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख भएको वडा ६ का वडा अध्यक्ष राजेश्वर साह सुडिले बताएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्