सवल नेपालले गरे क्वारेन्टाईन ब्बस्थापनका लागी सहयोग
Advertise Here Book Now

संजय विश्वकर्मा लहान २७, चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन ब्यबस्थापन गर्नका लागी क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग भएका छन । सेभ द चिल्डे«न र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो । मसिलाल जनता मा.बि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेको क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्