जागरुक समाज दुवारा बिपन परिवारलाई राहत
Advertise Here Book Now

महेश सिंह सिरहा ९ जेठ - सिरहाको भगवानपुर गाउँ पालिकामा लकडाउनबाट प्रभावित बिपन परिवारलाई जागरुक समाज जिरोमाईल धनगढी १० ले १२५ घर धुरी ज्याला मजदुरी गर्ने परिवार लाई राहत वितरण गरेको छ् । जागरुक समाज को अध्यक्ष मुकेश कर्णले बताउनु भयो । वडा नम्बर ५ मा दलित बस्तीहरुको संख्या धेरै रहेकोले लकडाउनबाट प्रभावित परिवारलाई राहत बाडेका हुन । गरिबको पिडा बुझ्न जागरुक समाजले समुदायमा रहेको परोड शिक्षाको क्षेत्रमा काम गर्दै गरेका हुन् । गाउँ पालिका बाट बंन्चित र छुटेका अतिबिपन बर्गलाई राहत बाडेको गाउँ पालिकाका समाज सेबि तथा अध्यक्षका प्रत्यासी उग्र नारायण यादव को रोहवरमा राहत वितरण गरेका छन् । सिरहाको विभिन्न ठाँउमा राहत बाडने निर्णय गरेको जागरुक समाज जिरोमाईल धनगढीको शाखा प्रबन्धक सरोज साह ले बताउनु भयो । राहत बाडने कार्यक्रम ईनरवा बाट सुरु गरेको संस्थाको अध्यक्ष मुकेश कर्णले जानकारी दिनु भयो । प्रति घर धुरीलाई ८ किलो चामल ,१ किलो नुन , आधा लिटर खाने तेल ,१ किलो दाल , आधा किलो स्वाईमिन ,२ किलो आलु प्रति घर धुरीलाई वडा अध्यक्ष अमर लाल यादवको रोहवरमा वितरण गरेका सचिब लक्ष्मी पासमान ले जानकारी दिनु भयो । वितरण कार्यक्रममा चन्द्र कला पासमान , मन्जु देबि मोची ,ग्यात्री यादव लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो । जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएका थिए । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई संस्थाको अध्यक्ष मुकेश कर्णले अनुराेध आग्रह गरेका हुन । पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई नगर पालीका बाट छुटेका लाई राहत दिएको समाज सेबि उग्र नारायण यादवले बताए । राहत लिने बिपन बर्गको समुहले राहत दिने संस्थालाई धन्यवाद दिएका थिए ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्