कोरोना कहरको मारमा परेको बिपन्न परिवार महेश र संगीता लाई गुहार्दै
Advertise Here Book Now

महेश सिंह सिरहा २५ , बैशाख । बिगत केहि दिन देखी समाजिक सन्जालमा चर्चामा आएको यि दुई जोडी गरिबको कहरको पिडा बुझ्न गाउँ -गाउँ घुमदै छन्। बिपन्न समुदायको यस्ता पिडा सुनेपछी लहानको वडा नम्बर २४ मानिक दह झिटकी टोल पुगेका थिए । मनकारी युवा महेश र संगिता राहत बितरण गर्न गाउँ केन्द्रित भएका हुन् । राहत बाडन गाउँ पुगेका सामाजसेबी महेश चौधरीलाई गुहार्दै पीडित परिवार आफनो दुखेसो सुनाउ छिन । लहान नगरपालिका वडा नम्बर ८ की समाजसेबी ललिता यादब र जितन यादब लगायत एपोलो उँ ईङ्गलिस बोडिङ्ग स्कुल लहानको सहयोगमा त्यहाँ राहत दिन पुगेको उनले बताए । संगिता कर्माचार्य र महेश चौधरीको जोडीले बिपन्न परिवारहरुलाई राहत दिईएको छ ।

राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन दिईएको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ ।बिपन बर्ग भन्नछन् हामी राहतको प्रतिक्षामा थियौ मनकारी जोडीले राहत दिएपछी हामी धेरै खुसी भएका छौँ । राहत पाउने बिपन्न परिबारहरु दुई जोडीलाई हृदय देखि नै धन्यबाद दिएका छन । सोही वडा निबासी एबम नेपाल मानबअधिकार संगठनका केन्द्रिय सदस्य समेत रहेका मानब अधिकारकर्मी राजकुमार राउतले लहान नगरपालिकाले बितरण गरेको राहत प्रणालीमा नाताबाद , पार्टीबाद , कृपाबाद भएको आरोप लगाएका छन । आफुलाई मनपरेको ब्यक्तिलाई वडा अध्यक्षले नगरपालिकामा नामाबली पठाएको आरोप लगाए ।
हाम्रो वडामा राहतको नाममा बिपन्न बर्गलाई धरै नै अन्याय भएको भन्दै नगरपालिकाको ध्यान आकर्षण गर्न उनले सुझाब दिए । सरकारको निर्देशन अनुसार नगरपालिकाले वडामा राहत बितरण नगरेको राहत बास्तबीक बिपन्न बर्ग मजदुरहरुले पाउने हो यहाँ सम्पन्न ब्यक्तिमा पनी राहकत बितरण गरेको उनले बताएका छन । कुमारी दासिनको मिल्दो जुल्दो अबस्था छ । दुई छोरी रहेको दासिनको श्रीमान ३० बर्ष आगडी नै स्वर्गारोहण भैसेको छ । उनको पनि जग्गा जमीन छैन उनी पनी भुमिहीन छिन उनले नगरपालिकाबाट राहत नपाएको बताईन घर परिवार चलाउन धैरै नै समस्या रहेको छ ।’ उनि सामाजिक सुरक्षा भत्ता पाउछिन नगरपालिकाले मंसिर देखि सामाजिक सुरक्षा भत्ता दिएको छैन भन्दै अफनो पिडा सुनाईन । सामाजिक सुरक्षा भत्ता दिदाँ परिवारमा केहि राहत हुन्थ्यो उनको भनाई छ । भोट दिएर जिताएको स्थानिय सरकारहरु अहिले मस्त निन्द्रमा स्ुतेको उनले आक्रोश पोखे । जितेका नेता कोई गोजीबाट खर्च गर्न नचाहने सरकारी बजेटको आशमा बसेको दासिनले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्